इरान सरकारमाथि परमाणु हतियार बनाइरहेको आरोप 

विश्व बैशाख १८ २०७५ ekhabarnepal
Aas

 

बैशाख १८,
इजरेली प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले इरानले परमाणु हतियार बनाइरहेको आरोप लगाउनुभएको छ । यससम्बन्धी यथेष्ठ प्रमाण फेला परेको भन्दै नेतन्याहुले परमाणु हतियार नबनाएको भन्ने इरान सरकारको भनाई झूठो भएको बताउनुभयो । प्रधानमन्त्री नेतान्याहूले विभिन्न दस्तावेजहरु प्रस्तुत गर्दै इरानले अन्तर्राष्ट्रिय समुदायलाई झूठो बोलेको आरोप लगाउनुभयो ।

सन् २०१५ यता उर्जा संकट निवारणका लागि मात्रै आफ्नो मुलुकले परमाणु कार्यक्रमलाई निरन्तरता दिएको बताउँदै आएको इरानले विश्व शक्ति राष्ट्रसँग गरेको सम्झौता समेत उलङ्घन गरेको आरोप इजरेलको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानको पछिल्लो गतिविधीलाई वेवास्ता गर्न नमिल्ने र यसबारे आगामी मे १२ मा औपचारिक निर्णय गर्ने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि पनि इरानसँगको सम्झौता तोड्ने धम्की दिँदै आउनुभएको छ भने अन्य यूरोपेली मुलुकहरुले भने सम्झौतालाई यथावत राख्नुपर्ने तर्क गर्दै आएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top