काबुलमा बम विष्फोट हुँदा चार पत्रकारसहित २१ जनाको मृत्यु

विश्व बैशाख १७ २०७५ ekhabarnepal
Sa

 

 वैशाख १७,
अफगानस्तानको राजधानी काबुलमा दुईवटा बम विष्फोट हुँदा चार पत्रकारसहित कम्तीमा २१ जनाको ज्यान गएको छ ।
मोटरसाइकलमा आएका आत्मघाती विष्फोेट गराएपछि त्यसको फोटो खिचिरहेका समाचार संस्था एएफपीका मुख्य फोटो पत्रकार शाह मराईको ज्यान गएको हो ।
एएफपीका अनुसार आत्मघाती आक्रमणको तस्बिर खिचिरहेका बेला पत्रकारलाई नै लक्षित गरि गराइएको अर्को आक्रमणमा मराईसहित अन्य तीनजना पत्रकारको पनि ज्यान गएको हो ।

समाचार संस्था अल्जजिराले भने आक्रमणमा ६ पत्रकार मारिएको दावी गरेको छ ।
आक्रमणकारीले आफू पनि पत्रकार रहेको भन्दै पत्रकार रहेको ठाउँमा पुगेको र विष्फोट गराएको अफगानस्तानका प्रहरी प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विष्फोटमा धेरै नागरिक घाइते भएको खबरमा उल्लेख छ ।

प्राप्त प्रतिकृयाहरू

To Top