जनतावाट फूलचार्ज भएको सरकार हो त्यसैले  सिण्डिकेट र भ्रष्टाचारको जालो तोडिनछ - प्रधानमन्त्री ओली

राजनीति बैशाख १६ २०७५ ekhabarnepal
Kp oli pradesh5 c5bs3j8xbc

 

बुटवल  बैशाख १६ ,

प्रधानमन्त्री केपी शर्मा ओलीले सिण्डिकेट, भ्रष्टाचार र अनुचित कुरामा कसैसँग सम्झौता नगर्ने बताएका छन् । वर्तमान सरकार जनतावाट फूलचार्ज सरकार भएको बताउँदै ओलीले  पिलपिल नगर्ने बताए । 
प्रदेश नम्बर ५ को प्रदेशसभा सभा बैठकलाई आइतवार बुटवलमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सिण्डिकेट र भ्रष्टाचारको जालो तोडेरै छाडने बताएका हुन् । सिण्डिकेट तोडिन्छ, अनुचित कुरासँग सम्झौता गर्दैन । भ्रष्टाचार रोकिन्छ, म भ्रष्टाचार गर्दिैन कसैले गरेको सहन्न’ ओलीले भने ‘भ्रष्टाचारको मामिलामा अनुहार तिर हेर्दिन, को पर्छ भनेर ।’ 
ओलीले सुशासनको मामिलामा सरकार कठोर हुने चेतावनी दिए । ‘कहिले काही लाग्न सक्छ, सरकार निर्मम भयो भनेर । निर्मम हुने हो जनताको सेवाका लागि’ ओलीले अगाडि थपे, ‘सेटिङ मिलाउने, अनेक प्रकारका व्यबधान खडा गर्ने, घुस र कमसिनबाट राज्यलाई घाटा पार्नेसंग सम्झौता हुँदैन ।’जनता बलियो भए लोकतन्त्र, सरकार बलियो भए तानशाही !

उहाले मुलुकको आर्थिक समृद्धिका लागि मुलुक भित्र भएका साधन श्रोतहरुको अधिकतम उपयोग गर्ने पनि बताउनु भयो ।
प्रदेश नम्वर ५ कृषि, उद्योग, पर्यटनमा प्रयाप्त सम्भावना बोको प्रदेश भएको उल्लेख गर्दै नमुना प्रदेश बनाएर अघि बढन प्रदेश सरकार र प्रदेश सभा सदस्यलाई आग्रह गर्नुभयो ।
 संसदलाई संवोधन गर्दै ओलीले सुशासन विना विकास गर्न नसकिने भएकाले राज्य कडा हुनुपर्ने बताए । राज्य बलियो हुने शासन गर्नको लागि नभइ जनतालाई शोषित हुन धम्काइन नदिनको लागि भएको उनले बताए । 
‘केही मान्छेहरुले सरकार बलियो भयो, अनावस्यक गर्र्यो भनिरहेका छन्’ ओलीले भने, ‘सरकार बलियो तानशाही व्यबस्थामा हो । जनता बलियो भयो भने लोकतन्त्र, सरकार बलियो भयो भने तानशाही हुन्छ । हामीले जनतालाई बलियो बनाउन खोजेको हो ।’
४ जना असामाजिक तत्वले राज्य हल्लाउने अबस्था आउन कुनै हालतमा हुन नदिने ओलीले दाबी गरे । ‘सरकारले त्यो अडान लिन्छ जनताको सेवाका लागि’ ओलीले भने । उनले खान नपाएको जनता खान लाउन पाउनेगरी राज्यलाई बलियो बनाउनु पर्ने बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top