प्रदेश नं ५ को १६ गते बस्ने प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले विषेश सम्बोधन रहनेछ

राजनीति बैशाख १४ २०७५ ekhabarnepal
Images cms image 000015976 1

 

रुपन्देही बैशाख १४ ,
रासस । प्रदेश नं ५ को प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्ने भएका छन् । वैशाख २१ गतेका लागि तोकिएको प्रदेशसभा अकस्मात प्रदेश सरकारको चाहनाअनुरुप आइतबार बस्न लागेको प्रदेश नं ५ को प्रदेशसभा सचिवालयले जनाएको छ । 

“देशको प्रमुखबाट प्रदेश सरकारले सम्बोधनको चाहना राखेकाले सम्बोधन हुन लागेको हो” प्रदेश नं ५ को प्रदेशसभाका सचिव डा मानबहादुर विकेले भने । 
उनले सो प्रदेशसभा बैठकमा १६ गते बिहान ९ बजे उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई अनुरोध गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top