पनमुनजोममा उत्तर-दक्षिण कोरियाका राष्ट्रपतिको भेट, ‘शान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास’

विश्व बैशाख १४ २०७५ ekhabarnepal
Kimjun

 

बैशाख १४
एजेन्सी–उत्तर कोरियाका नेता किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपतिको पनमुनजोममा भेटघाट भएको छ।


धेरै वर्षको धम्कीपूर्ण र चिसो सम्बन्ध पछि अहिले यस्तो समय आएको छ जसलाई केहि समय अगाडि कल्पना पनि गर्न सकिदैँन थियो । तर उत्तर कोरियाका नेता किम जोङ उन दक्षिण कोरियाका राष्ट्रपति मून जे इनलाई भेट्न दक्षिण कोरिया पुगेका छन्।

सन् १९५३ मा दुई कोरियाबिच भएको युद्ध पछि यो पहिलो पटक हो, जहाँ उत्तर कोरियाली नेताले दक्षिण कोरियाको जमिनमा पाइला राखेको । किम जोन उन र दक्षिण कोरियाली राष्ट्रपतिले एक अर्कासँग हात मिलाए, मुस्कुराए।

उनीहरु भेट भएको ठाउँ पनमुनजोम हो, जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सैनिकहरु हर दिन हर रात भेटिन्छन् । सन् १९५३ मा भएको कोरियाली युद्धपछि यहाँ युद्ध विराम लागू गरिएको छ।

अनि अब यस्तो समय आयो जसको कम मात्र आशा गरिएको थियो, दक्षिण कोरियाका राष्ट्रपतिले पनि आफ्नो कदम बढाए र उत्तर कोरियातको सीमातर्फ आफ्नो पाइला राखे ।

दक्षिण कोरियाका अधिकारीले मिडियालाई बताए की दुबै नेताहरुकोबीच बिहान भएको भेटघाटमा छलफल भएको छ । किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मूनलाई भने कि भविष्यमा मिसाइल परिक्षण गरेर बिहानको निन्द्रा नखुलोस् । बिहान साढे आठ बजे पहिलो चरणको वार्ता सकिएको थियो । त्यसपछि उनीहरु खाना खान बाहिर निस्किएका थिए । किम कालो रंगको मर्सिडिज लिमोमा १२ सुरक्षाकर्मीसँगै निस्किएका थिए ।

बिहान ८ बजेर २५ मिनेट जाँदा दुबै नेताहरु बिचमा झण्डै एक घण्टाको भेटवार्ता भएको थियो । यी दुई नेताबिच के कुराकानी भयो यो थाहा पाउन विश्वनै उत्सुक छ, भेटघाट पछि उनीहरु छुट्टा छुट्टै खाना खानको लागि गएका थिए । तर रातिको खानको लागि दुबै नेता एउटै टेबलमा बसेर खाना खाने बताइएको छ ।

यो ऐतिहासिक भेटघाटमा सबैको नजर उत्तर कोरिया तर्फ छ, पछिल्लो समय उत्तर कोरियाले परमाणु हतियार कार्यक्रम गर्न छोड्ने संकेतलाई कसरी अपनाउँछ भन्ने सबैको चासोको विषय हो ।

समाचार एजेन्सी एएएफपीका अनुसार मून ले किमलाई भने, ‘म तपाईलाई भेटेर खुसी भए।’ र किमले मूनलाई भने, ‘हामीलाई जतिपटक सम्भव छ, त्यति पटक भेट्नु आवश्यक छ।’

के के कुरा गरे किम र मूनले ?

किम जोन उनले गेस्ट नोट बुकमा लेखे, ‘अब एक नयाँ इतिहासको सुरुवात भएको छ, इतिहासको सुरुवाती बिन्दुमा शान्तिको युगको ।’
दुबै नेताको भेटको माहोल धेरै भद्र भएपनि किम जोन उनले यो समयमा केहि ठट्टा पनि गरेका छन् । उनले मूनलाई बताए कि यो सम्मेलनको लागि उत्तर कोरियामा एकदमै प्रचलित चिसो चाउचाउ ल्याएको छु । ‘म आशा गर्छु, मैले ल्याएको चिसो चाउचाउको तपाई धेरै फाइदा उठाउनुहुनेछ ।’

राष्ट्रपति मूनले जवाफ फर्काए, ‘विश्वको आँखा र कान पनमुनजोमतर्फ छ, म आज को कुराकानीबाट केहि नतिजा निकाल्न चाहन्छु ।’
यी दुई नेता बिचमा उत्तर कोरियाको विवादास्पद परमाणु कार्यक्रमको बारेमा कुराकानी हुने आशा गरिएको छ । दक्षिण कोरियाले उत्तर कोरियाले परमाणु हतियार कार्यक्रम रोक्नलाई मनाउन धेरै मुस्किल भएको बताएको थियो । यी दुई देशका नेताबिच एक दशक अगाडि भेटघाट भएको थियो, यस पछाडि परिस्थिती धेरै फेरिईसकेको छ ।

उत्तर कोरियाको परमाणु र मिसाइल टेक्नोलोजी कार्यक्रम निकै अगाडि पुगिसकेको र उनले अन्तराष्टिय चेतावनीलाई वेवास्ता गरेर एक पछि अर्को मिसाइल परीक्षण गरेका थिए ।

दक्षिण कोरियाको राष्ट्रपतिका प्रवक्ता इम जोंग सिओकले बताए, ‘आफ्नो इच्छाले परमाणु कायक्रम छोड्ने विषयमा दुई नेता कुन स्तरमा पुगेको र कस्तो सम्झौता गर्छन् यो भन्न मुस्किल छ ।’

कहिले आफ्नो परमाणु कार्यक्रमले विश्वलाई टक्कर दिइरहेका किम जोन उनले अचानक दक्षिण कोरियासँग कुराकानी गरेर आफ्नो राजनीतिक विश्लेषकलाई हैरान पारेका छन् । साथै उनको गंम्भिरतामा प्रश्न पनि उठिरहेको छ।

दुुई कोरियाली वार्ता – ‘शान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास’

उत्तर र दक्षिण कोरियाली नेताहरूबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । दुई देशबीचको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणमा दुई देशको गैरसैनिक क्षेत्रमा दक्षिण कोरियाली राष्ट्रपति मून जे–इन र उत्तर कोरियाली नेता किम जङ–अनबीच वार्ता भएको हो ।

दिउँसोको खाना खाएपछि दुई नेताबीच फेरि भेटवार्ता हुनेछ । बैठकको शुरूमा बाल्दै दक्षिण कोरियाली राष्ट्रपति मूनले एउटा दह्रो सहमतिको अपेक्षा गरेको बताए। उनले उत्तर कोरियाली नेता किमले देखाएको साहसको प्रशंसा पनि गरेका छन् ।

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो उत्तर कोरियाली नेताका रूपमा किमले स्थानीय समय अनुसार साढे ९ बजे दक्षिण कोरिया पुगेका थिए । उनले दुई देशबीचको शिखर बैठकलाई एउटा नयाँ सुरूवातको संज्ञा दिएका छन् ।

दक्षिण कोरिया पुगेपछि पीस हाउसको आगन्तुक पुस्तिकामा उनले शान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास सुरू भएको भनेर लेखेका छन् ।

दुई नेताबीचको वार्ता कोरियाली प्रायद्वीपमा पारमाणविक अस्त्रको भविष्य र दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

तर किमका पछिल्ला अनपेक्षित कदमहरूलाई लिएर विश्लेषकहरू विभाजित छन् र कतिपय विश्लेषकले उनको नियतमाथि प्रश्न गरिरहेका छन् ।

दुई कोरियाली नेताबीचको वार्तालाई किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुन महिनाको सुरूतिर गरिने प्रस्तावित शिखर बैठकको आधारका रूपमा पनि हेरिँदैछ ।

अनपेक्षित कदमका रूपमा हेरिएको उक्त शिखर बैठक भए बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको पहिलो घटना हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top