कर्मचारीको दुई विकल्प ः राज्यले खटाएको ठाऊमा जाने की राजीनामा दिने

राजनीति बैशाख १४ २०७५ ekhabarnepal
Mantri pandit1

 

भैरहवा १४ बैशाख

सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लाल बाबु पण्डीतले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी ब्यबसाय सुरु गर्न सुझाब दिएका छन ।

लुम्बिनि प्रेस क्लबले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्रि पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्र सेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजिनामा दिएर अन्य ब्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताए । सरकारले खटाएको ठाउमा नजाने कर्मचारी राष्ट्र सेवक हुनै नसक्ने उल्लेख गर्दै मन्त्रि पण्डितले जागिर खाने बेलामा सरकारले जहाँ खटाए पनि जान्छु भनेर सपथ खानेले अहिले जान्न भन्न नपाईने बताए ।

उनले कडा भाषामा भने ‘गणतन्त्रमा सबैलाई अधिकार छ । काम गर्दैन पनि भन्न पाउंछन् तर त्यस अगाडी राजीनामा दिनुपर्दछ । ’ कपिलवस्तु जान हिडेंका मन्त्री पण्डितले बैशाख १८ गते सम्म कर्मचारीलाई १५ ठाऊ रोज्ने अवसर दिएको जनाउदैं त्यसमा भाग नलिएपनि सरकारले खटाएको ठाउमा जानैपर्ने बताए । उनले भने ‘ म फेरी पनि भन्छु , अब कर्मचारी की राज्यले खटाएको ठाऊमा चुपचाप गएर काम गर्नुपर्दछ होइन भने राजीनामा दिनुपर्दछ । ’

क्लबका अध्यक्ष माधब ढुंगानाको सभापतित्व तथा महासचिव नरेश के.सी. को सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा एमाले नेता समेत रहेका पण्डितले एमाले र माओवादीबीच केही दिनमै पाटि एकिकरणको घोषणा हुने पनि बताए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top