धर्मगुरु आसाराम बापुलाई लग्यो यस्तो रहस्यात्मक आरोप : आजीवन कारावासको सजाय 

विश्व बैशाख १४ २०७५ ekhabarnepal
Asharam rape

भारतका चर्चित स्वघोषित धर्मगुरु आसाराम बापुलाई किशोरी बलात्कार गरेको ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको छ ।
राजस्थनको एक अदालतले आज सन् २०१३ मा जोधपुरस्थित आश्रममा एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको ठहर गर्दै आसारामलाई आजीवन जेल सजाय सुनाएको हो।

अन्य दुई जनलाई पनि २० वर्षका दरले जेल सजाय दिइएको छ।
आसारामको आश्रमले भने अभियोग अस्वीकार गर्दै माथिल्लो अदालतमा अपील गर्ने बताएको छ। आसाराम ५६ महिनादेखि बलात्कार अभियोगमा हिरासतमा छन।

७७ वर्षका आशारामले भारत र विश्वभर गरेर ४०० वटा आश्रम चलाएको र ति स्थानहरुमा ध्यान र योग सिकाउने गरेको बीबीसीले जनाएको छ। उनकोबिरुद्धमा गुजरातमा पनि अर्को एक बलात्कारको मुद्दा चलिरहेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top