गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट थिए तर यसरि कांग्रेस बन्न पुगेका हुन् - प्रधानमन्त्री ओली

राजनीति बैशाख १३ २०७५ ekhabarnepal
Images cms image 000015976 1

 

काठमाडौं वैशाख १३, 
नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

१९औँ मनमोहन स्मृति दिवसको अवसरमा प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले मनमोहनको संगतले गिरिजाप्रसाद कोइराला विक्रम सम्बत १९९९ देखि २००४ सम्म कम्युनिस्‍ट भएको बताएका हुन्।

पछि गैरकम्युनिस्‍टलाई पक्राउ गरेको भ्रम फैलाएर बिपी कोइरालालाले उनलाई कांग्रेसमा लगेको समेत खुलासा गरे। त्यस्तै, ओलीले मनमोहन अधिकारी कम्युनिस्‍टको स्थापना हुनु सात वर्षपहिल्यै भारतको जेलमा रहेको र मनमोहन एक अविचलित आस्था र निरन्तरताको धरहरा भएको उल्लेख गरे।

प्राप्त प्रतिकृयाहरू

To Top