एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक (तालिकासहित)

खेल बैशाख १३ २०७५ ekhabarnepal
Images cms image 000046395

अन्तराष्ट्रिय क्रिकेट परिषद्(अाइसीसी)ले सन् २०१९ को मे ३० देखि इंग्ल्याण्ड र वेल्समा संयु‌क्तरुपमा हुने एकदिवसीय विश्वकपको खेलतालिका अाज सार्वजनिक गर्दैछ।

त्यसअघि नै इसएसपीएन क्रिकइन्फोले उक्त विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो। अाफ्नो वेवसाइटमा बुधबार साझ नै खेल तालिका सार्वजनिक गर्दै क्रिकइन्फोले सार्वजनिक खेल तालिका अाइसीसीको प्रमुख कार्यकारी समितीले स्वीकृत गरिसकेको र अन्तिम स्वीकृतीका लागि अाइसीसी बोर्डमा पठाइएको दाबी गरेको छ। 

अाइसीसी बोर्डको बैठक बिहीबार भारतको कोलकत्तामा बस्दैछ। उक्त बैठकले खेलतालिकाको टुंगो लगाउँदैछ। सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच अोभल क्रिकेट मैदानमा हुनेछ।  हेर्नुस पूरा खेल तालिका(कृपया डाउनलोड गरि हेर्नुहोला):

सार्वजनिक विश्वकप तालिका

प्राप्त प्रतिकृयाहरू

To Top