मनमोहन अधिकारीको चाहना सबल एकीकृत पार्टी बनाउनु थियो त्यसैले  जुटेकाछौ

राजनीति बैशाख १३ २०७५ ekhabarnepal
Images

काठमाडौं बैशाख १३,
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताउनुभयो । उहाँले मनमोहन अधिकारीको आदर्श अनुसार नै पार्टी अगाडि बढ्नेमा जीकिर गर्नुभयो । एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवसमा सानेपामा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

उहाँले पुष्पलाल, मनमोहन र मदन भण्डारीको पथलाई नअंगालिकन कम्युनिष्ट बन्नै नसकिने धारणा राख्नुभयो । मनमोहन अधिकारीको चाहना सबल एकीकृत पार्टी बनाउनु भएकाले एमाले त्यही पथमा जुटेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्र्नुभयो ।

उहाँले माओवादी केन्द्रसँग पार्टी एकता नहुने हो कि भन्ने आशंका नगर्न पनि आग्रह गर्नु भयो । ढिलो चाँडो पार्टी एकता हुने प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । उहाँले दुई पार्टी मिलेर राष्ट्रिय हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top