चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने अनौपचारिक वार्ताको स्वागत गर्दै - परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति बैशाख १२ २०७५ ekhabarnepal
Images %281%29

काठमाडौं बैशाख १२, 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनमा हुने अनौपचारिक वार्ताको स्वागत गर्नुभएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच आउँदो शुक्रबार हुवेई प्रोभिन्सको बुहानमा शुक्रवार र शनिवार दुईदिन अनौपचारिक शिखर वार्ता हुँदैछ  । राष्ट्रपति सीसँगको वार्ताको करिव दुई सातापछि प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने तयारी छ ।

नेपाल आउनुअघि भएको चीनको भ्रमणलाई नेपालमा अर्थपूर्ण रुपमा हेरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भारत र चीनबीच हुने उच्चतहको यो वार्ताले परस्पर विश्वास बढ्ने र त्यसबाट नेपालसमेत लाभान्वित हुने बताउनुभयो । ‘हाम्रा छिमेकी राष्ट्रका दुई नेताबीच यो साताको अन्त्यमा अनौपचारिक वैठक हुँदै गरेको थाहा पाउँदा हामी खुशी छौं’ उहाँले चिनियाँ समाचार संस्था सिन्ह्वालाई भन्नुभयो,‘छिमेकी हुनुको नाताले नेपाल चीन र भारतको यो उच्चतहको भेट र संवादको स्वागत गर्छ ।’

उहाँले उक्त वार्ताले चीन र भारतबीचको सद्भाव र विश्वास बृद्धि गर्ने उहाँले बताउनुभयो । दुई देशबीचमा विकास भएको पारस्परिक सम्वन्ध र तिव्र आर्थिक विकासको फाइदा नेपालले लिन सक्ने अवस्था निर्माण हुनु सकारात्मक भएको हो ।  

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको चीन भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्तामा दुई प्रधानमन्त्रीको वार्ताको घोषणा भएको थियो । नयाँ विश्व कुटनीतिक व्यवस्थामा चीन र भारतले विश्व शान्ति, स्थायित्व र समृद्धिका लागि ठूलो भूमिका खेल्न सक्ने बताउनुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top