'दिल्ली'को पन्जाबसँग दोश्रो हार तर सन्दीपले कुनै गेम खेल्ने मौका पएनन 

खेल बैशाख ११ २०७५ ekhabarnepal
Images

 

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्स सोमबार राति घरेलु मैदानमा किंग्स इलावेन पन्जाबसँग ४ रनले पराजित भएको छ। यस सिजनमा छैटौं खेलमा दिल्लीको यो पाँचौ हार हो भने पन्जाबसँग मात्रै २ पटक हारेको छ। हारसँगै २ अंक रहेको दिल्ली अंकतालिकाको पुछारमा छ। यसले उसको प्लेअफ सम्भावना कमजोर बनाएको छ। ६ खेलसम्म पनि दिल्लीले सन्दीपलार्इ भने मौका दिएको छैन्। पन्जाबविरुद्ध सोमबार तीन परिवर्तन गरेपनि दिल्लीले सन्दीपलार्इ बेञ्चमै राख्यो। 

पन्जाब जितसँगै शीर्षस्थानमा उक्लिएको छ। ६ खेलमा पन्जााबको यो पाँचौ जित हो। यससँगै उसको प्लेअफ सम्भावना बलियो बनेको छ। 

दिल्लीस्थित फिरोज साह कोट्ला स्टेडियममा पन्जाबले दिएको १४४ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो। श्रेयस आयरले ५७, राहुल टेवाटियाले २४, पृथ्वी शाले २२ बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। पन्जाबका मुजिब उर रहमान, अंकित राजपुत र एन्ड्रयु टेले समान २ – २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेट गुमाएर १४३ रन जोडेको थियो। पन्जाबको लागि करुण नायरले ३४, डेभिड मिलरले २६ तथा लोकेश राहुलले २३ रन जोडेका थिए। दिल्लीका लिआम प्लुंकेटले ३ विकेट लिदा आभेस खान र ट्रेन्ट बोल्टले समान २ – २ विकेट लिए । 

प्राप्त प्रतिकृयाहरू

To Top