पार्टी एकताको उच्च सम्भावना: मार्क्स जन्मजयन्तीको दिन हुन्छ कि?

राजनीति बैशाख ११ २०७५ ekhabarnepal
Kp oli prachanda 1024x683

काठमाडौं बैशाख ११, 
आज मंगलबार विहान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गम्भिर छलफल भएको छ।

करिब–करिब एकताका लागि सबै सहमति गरिसकेका दुई अध्यक्षको भेट विवादीत विषय सुल्झाउन होइन, नेता व्यवस्थापन र एकीकरण घोषणाको मिति र तयारीका विषयमा आज वैठक भएको एक स्रोतले बताएको छ ।

एकता संयोजन समितिले २२ अप्रिल लेलिन जन्मजयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन एकीकरण हुन सकेन । दुवै अध्यक्षले लेलिन जयन्तीका दिन भएको विवादको टुंगो लगाउँदै सरप्राइज दिन ५ मे अर्थात मार्क्स जन्मजयन्तीको दिन एकता सहमति हुन सक्ने स्रोतले बताएको छ ।

एकता संयोजन समितिले अध्यक्षको हैसियतका विषयमा सहमति गर्न ‘अध्यक्षहरू’लाई नै जिम्मा लगाएर घोषणाको मिति तय गर्ने पनि जिम्मेबारी दिएका थिए । एकीकरण घोषणा मितिको सहमतिमा अध्यक्षद्वय पुगेका छन् ।

एकता संयोजन समितिले तयार पारेको दुई कार्यदल मध्ये एकका संयोजक नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार अब केही विषयमा पनि विवाद छैन । ‘सबै विवाद मिलिसक्यो, पार्टी एकता घोषणा हुनमात्र बाँकी हो । उपयुक्त समयको लेखाजोखा भइरहेको छ’, उनले चितवनमा भनेका थिए ।

लेलिन जयन्तीका दिन व्यानर र नामका विषयमा माओवादीले आपत्ति जनाएउँदा लामो समय कार्यक्रम सञ्चालन हुन सकेको थिएन । तर दुई अध्यक्षले मात्र सम्बोधन गरेको कार्यक्रममा प्रचण्डले ‘ओली र प्रचण्डले नचाहे पनि एकता भएरै छाड्ने’ बताउँदै कसैले थाहा नपाएको समयमा एकीकरण घोषणा हुने बताएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top