माल्दिभ्समाथि  नेपालको प्रभावशाली जित

खेल बैशाख १० २०७५ ekhabarnepal
Images cms image 000046056

 

बैशाख १०,
बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आइतबार नेपालले माल्दिभ्समाथि प्रभावशाली जित हात पारेको छ।
अघिल्लो खेलमा अायोजक बंगलादेशलार्इ नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा अाइतबार माल्दिभ्सलाई २५–२१, २५–१८, २५–१५ को सोझो सेटमा पराजित गर्‍यो।

जितसँगै नेपालले प्रतियोगिताको सेमिफाइनल सम्भावना पनि बलियो बनाएको छ।

सोमबार हुने माल्दिभ्स र आयोजक बंगलादेशबीचको खेलपछि समूह एबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ। समूहमा बंगलादेशले र नेपालले एकएक खेल जितेका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top