घटनाको लाइभ प्रसारण गर्दागर्दै गोली लागेर पत्रकारको मृत्यु 

विश्व बैशाख १० २०७५ ekhabarnepal
Death 123456

 

 वैशाख १०,
एजेन्सी।  छिटो सूचना दिने क्रममा .एक घटनाको प्रत्यक्ष प्रसारण गरि रहेको समयमा गोली लागी पत्रकार मृत्यु भएको छ ।निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय मिडियाका अनुसार उनी पत्रकार एवम् एल मेरिदिआनो नामक कार्यक्रमको निर्देशक थिए । उनले देशको दक्षिणी ब्लुफिड्स शहरबाट फेसबुक लाइभ गरिरहेका थिए । र, त्यहिबेला गोली लाग्यो । सामाजिक सन्जालमा एक भिडियो भाइरल भइरहेको छ जुन एन्जेल गहोनाको भनिएको छ । भिडियोमा निलो टिसर्ट लगाएका गहोनाले प्रदर्शनकारीले मेयरको कार्यालयमा पुर्‍याएको क्षतिबारे जानकारी दिइरहेका हुन्छन् । अचानक गोली चलेको आवाज सुनिन्छ र उनी भुइँमा ढल्छन् । गोली कसले र किन चलायो भन्ने थाहा हुन सकेको  छैन ।


यो गत शनिबार दिउँसोको घटना हो । सरकारविरुद्ध निकारागुआमा भएको यस प्रदर्शनमा १० जनाको मृत्यु भएको बताइएको छ । तर मानवअधिकारसँग सम्बन्धित संगठनहरुका अनुसार मृतकको संख्या २५ भन्दा बढी छ ।निकारागुआमा सामाजिक सुरक्षा र पेन्सनमा सुधारको विषयलाई लिएर गत बुधबारदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मजदुर र जागिरेहरुको पेन्सन सुविधामा पाँच प्रतिशत कटौती गरिएको विरोधमा आन्दोलन भएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top