एकता भाँडने सेन्टिमेन्टल कुरा नगर्न ओलीको अपिल

राजनीति बैशाख ९ २०७५ ekhabarnepal
Uml mao yakata sava 1024x683


काठमाडौं, बैशाख ९

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिगतको कमी कमजोरी वा गल्तीलाई उछालेर एकता भाँडने सेन्टिमेन्टल कुरा नगर्न एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । पार्टी एकता अन्तिम मोड कटिसकेको भन्दे ओलीले अव सेन्टिमेन्टल कुराले पनि भाँडिन नसक्ने प्रष्ट पार्नुभयो ।

‘विगतमा कसले गल्ती गर्यो भनेर त्यसलाई सम्झेर बस्ने बेला होइन, यो समय, अव अगाडि जाने हो, पछाडि फर्कने होइन । जसले जति गल्ती गर्यो, सजाय पनि उसैले पायो, एमालेले गल्ती गर्यो, सजाय पायो होला, माओवादीले गल्ती गर्यो, उस्ले पनि सजाय पायो होला,’ एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डलाई साँछी राखेर प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अव बिगतको ती गल्ती भनेर सम्झेर बस्ने होइन । पछाडि फर्केर यसो भनेको थियो भन्ने होइन, अव अगाडिका समस्या के हुन, त्यो हेर्ने हो । अव नयाँ ढंगमा अघि बढ्छौं ।’

प्रधानमन्त्री ओलीले मुलुकमा अधिनायकवाद सुरु भइसक्यो भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि कडा ब्यंग्य गर्नुभयो । अव मुलुकमा मालिक र शासकले होइन, जनताले शासन गर्ने हो भन्दै योजना, नीति र कार्यक्रम बनाउन जनतालाई गोलबद्ध गर्दै अघि बढ्ने उहाँको भनाई थियो ।


नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन आज एमाले माओवादी एकता संयोजन समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेताहरु

‘कम्युनिष्ट सरकार जनताका लागि बनेको हो । अव पारदर्शिता, सुशासनको बाटोबाट मुलुक अघि बढ्छ । हामी एकताबद्ध भएको यही कारण हो । अधिनायकवादतर्फ जाने होइन,’ ओलीले भन्नुभयो,  ‘कोही कोही कराएको सुन्छु, आजकै अखवारमा पढें, अधिनायकवाद सुरु भइसक्यो रे, प्रधानमन्त्रीका बिरुद्ध कोही बोल्नै सक्दैनन्, मिडिया लेख्न डराउँछन् । यसो भन्न कसरी सकेको हो । नेपाली पत्रकाहरुलाई यत्रो अपमान गर्ने आँट कसरी आयो , प्रेस जगतको यत्रो अपमान गर्ने हिम्मत कसरी भयो रु मान्छेले सिरिअसली लिन्नन र मात्र ।’

प्रधानमन्त्री ओलीले देउवाको भनाईलाई लाज पचेपछि के भन्ने भन्दै ब्यंग्य गर्नुभयो । प्रधानमन्त्री ओलीले सार्वभौमिकता, स्वाधिनता, स्वतन्त्रता तलमाथि हुन नदिने भन्दै राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्दै देशलाई समृद्ध राष्ट्र बनाउने बताउनु भयो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top