चामत्कारिक रुपमा पार्टी एकता हुन्छ - प्रचण्ड

राजनीति बैशाख ९ २०७५ ekhabarnepal
Prachanda sabhagirha

 


 काठमाडौं बैशाख ९ ,
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको अन्तिम तयारीमा पुगिसकेको दाबी गर्नुभएको छ । पार्टी एकता संयोजन समितिले काठमाडौंको राष्ट्रिय सभामा आयोजना गरेको पार्टी स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले र माओवादीकेन्द्रबीच पार्टी एकता अन्तिम तयारीमा पुगिसकेको बताउनुभएको हो । प्रचण्डले एकीकृत पार्टीको केन्द्रीय कमिटी निर्माणको अन्तिम तयारीको क्रममा रहेको जानकारी दिनुभयो ।

संयुक्त सभामा राखिएको व्यानर विवादले समयमा कार्यक्रम सुरु हुन नसकेको घटनालाई इंगित गर्दै प्रचण्डले घटनाबाट आफुहरुले नयाँ पाठा सिकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज जुन जोल्टिङ देखियो, त्यसले नयाँ पाठ सिकेका छौं’ ।

२०१९ सालपछि पार्टी विभाजनको प्रक्रिया सुरु भएपछि यो पहिलो संयुक्त कार्यक्रम भएको बताउँदै उहाँले ‘ऐतिहासिक कार्यक्रम समयमै सुरु गर्न सकेनौ। त्रुटिरहित तरिकाले सुरु गर्न सकेनौ। केही तनाव हामीलाई पनि भयो। तपाइहरुलाई पनि भयो होला। देशभरिका जनतालाई पनि भयो होला। अलिकति खचमच त हुन्छ नै। यस्तो परिघटनाले शिक्षा लिनुपर्छ’ भन्नुभयो ।

अब, ह्रस्व दीर्घमा पार्टी फुट्ने दिन गए भन्दै प्रचण्डले ठक्कर खाएर चामत्कारिक रुपमा सुरु गरिएको एकता प्रक्रिया चामत्कारिक रुपमै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top