जितगढीमा कसरी जितेको थियो अंग्रेजलार्इ नेपालले ?

बिचार बैशाख ७ २०७५ ekhabarnepal
20180419192534 jitgadhi butwal

निर्मल श्रेष्ठ

आज वैशाख ७ । आजको दिनलाई जितगढी विजय दिवसका रूपमा मनाउने निर्णय गरिएको छ । जितगढी भन्नासाथ नेपाल-अंग्रेज युद्धको त्यो गढीलाई बुझिन्छ, जहाँ नेपालले विजय प्राप्त गरेको थियो । इतिहास स्मृतिहरूको अभिलेख हो । इतिहास बिर्सनु स्मृति गुम्नु हो । स्मृति गुम्दा आफ्नै पहिचान पनि बिर्सिइन्छ । लामो समयसम्म जितगढीको इतिहास पनि विस्मृतिमा राखिएको थियो ।

यसपालिदेखि जितगढी राज्यको स्मृतिमा अटाउन आइपुगेको छ । यो सुखद पक्ष हो । जितगढीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना बनाइएको छ । तर जितगढीको इतिहास नबुझी यसको महत्व पनि बुझिँदैन । यो लेख त्यही महत्वबारे चर्चा गर्ने प्रयास हो । अंग्रेजको आक्रमण

भारतमा बसी चारैतिर व्यापार, व्यवसाय बढाइरहेको इस्ट-इन्डिया कम्पनीले सन् १८१३ मा एकाधिकार गुमायो । उसले चीनसँगको व्यापार र चिया व्यापारमा मात्र एकाधिकार प्राप्त गर्‍यो । त्यसकारण कम्पनी सरकारलाई चीन जाने सुगम बाटो र चिया खेतीका लागि अनुकूल भूमिको आवश्यकता पर्‍यो । त्यस्तो भूमि नेपालभित्र मात्र थियो । नेपालसँग सजिलै उक्त भूमि प्राप्त गर्न सकिन्न भन्ने कम्पनी सरकारले बुझेको थियो । त्यसैले उसले नेपालसँग किचलो हुने विन्दुहरूको खोजी गर्न थाल्यो । त्यसमध्ये एक थियो बुटवल-स्युराज खण्ड ।

नेपाल एकीकरण नगर्दै पाल्पाली सेन राजाले अवधको नवाबलाई निश्चित रकम तिरेर सेनहरूले बुटवललगायतका भूभाग उपभोग गर्दै आएका थिए । पछि अवध कम्पनी सरकारको मातहत गयो । यता पृथ्वीपालसेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय भयो । पुरानो सम्बन्ध टुंगिएपछि कम्पनी सरकार र नेपाल सरकारबीच विवाद सुरु भयो । कम्पनी सरकारले बुटवलसम्मको भूभागमा आफ्नो अधिकार भएको दाबी गर्‍यो ।

नेपालले बुटवल र स्युराजवरिपरिका भूभाग पनि नेपालकै हुनुपर्ने दाबी नेपालको थियो । त्यस्तै जनरल अमरसिंह थापाले कम्पनी सरकारको साम्राज्यवादविरुद्ध पन्जाब केशरी रणजितसिंहलाई तेह्र सवाल (बँुदा) भएको पत्र लेखेकाले पनि कम्पनी सरकार आगो भएको थियो । यहि परिप्रेक्ष्यमा नेपाल सरकारसँग भएको सन् १८०१ को सन्धिको धारा ५ मा भएको बन्दोबस्त उल्लंघन गर्दै युद्ध घोषणा गर्‍यो । उक्त धारामा ‘दुई देशबीच सीमासम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तका आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ उल्लेख थियो ।

पूर्वको बाईस मौजा, बुटवल र स्युराजको विषयमा खिचलो उठाई सन् १८१४ नोभेम्बर १ मा हेस्टिङका माक्र्युसले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरे । अंग्रेजले पाँच ठाउँबाट आक्रमणको तयारी गरेको थियो । त्यसमध्ये एक थियो बुटवल खण्ड । बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दुस्तानी फौज लिई तैनाथ भएका थिए ।

नेपालको पश्चिमका अभेध किल्लाका रूपमा रहेका सैनिक अखडालाई राजधानीबाट सम्पर्क टुटाई दानापुरबाट आएको फौजसँग मिल्ने योजना गरी उनको फौज बनारसबाट गोरखपुरमा १५ नोभेम्बर १८१४ का दिन आइपुगे । नेपालको तयारी

आफ्ना जासुसबाट कहिल्यै सत्य कुरा थाहा नपाएका र मनोबल गिरेका जनरल जोन सुलिभान उडले यो लडाइँ गरिरहनु त्यति युक्तिसंगत देखेनन् । दोस्रोपटक पनि आफ्नै फौजलाई युद्ध मैदानबाट फिर्ता हुने आदेश दिए ।
 

कम्पनी सरकारले नेपालविरुद्ध एकतर्फी युद्ध घोषणा गरेपछि नेपाल पनि आफ्नोे तयारीमा जुट्न थाल्यो । बुटवल बजारछेउ भएर बग्ने तिनाउ नदीको किनारमा रहेको जितगढीबाट उठेको पहाडको टुप्पामा नुवाकोट गढाी थियो । त्यो बाटो भएर पहाडैपहाड पाल्पा जान्थ्यो । पाल्पा जाने बाटो छेकिने भएकाले नै त्यहाँ गढी बनाइएको थियो । तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका भतिजा कर्णेल उजीर सिंह थापा नुवाकोट गढीमा खटेका थिए । त्यस्तै पाँच सय नफ्री (सैनिक शक्ति) भएको गुरु बक्स गुल्मका दुई सय जवान र सबुज पल्टनको पाँच टुकडी लिई वीरभञ्जन पाण्डे जितगढीमा खटे ।जितगढीको युद्ध

पाल्पा हान्न आएका जनरल उडले दुईवटा बाटाहरू अपनाए । एउटा, पहाडैपहाड गएर नुवाकोटगढीलाई ध्वस्त पारी पाल्पा हान्ने । अर्को जितगढीलाई ध्वस्त गरी हालको राजमार्गको बाटो भई पाल्पा हान्ने । पहिलो योजनाअन्तर्गत नुवाकोट पुग्दा नुवाकोटगढीको वरिपरि तीन माइलसम्म खानेपानीको अभाव रहेको जानकारी पाएपछि उनी अलमलिए । सिउरा क्याम्पमा पाँच कम्पनी र एउटा तोप छोडी अरू सबै फौज र तोप लिएर उनी सन् १८१५ जनवरी ३ मा बुटवलतिर लागे । घना जंगल भएको बाटो त्यसमा पनि ढड्डीको जंगलले बाटो तय गर्न पनि कम्पनी फौजलाई गाह्रो परेको थियो । फौज मार्च गर्दा बाटो बिराई जनरल उडसँग जम्मा तीन कम्पनी मात्र साथमा रहन गएको थियो । आफू पुगेको ठाउँबाट जंगल समाप्त भएको र ४०÷५० गज पर किल्लाजस्तो पर्खाल देखेपछि जनरल उडले पथप्रदर्शकको रूपमा आएका कनकनिधि तिवारीलाई खोजे । तर तिवारीको केही पत्तो लागेन ।

बाध्य भएर उडले इन्जिनियरको एन्सायन स्टेफललाई किल्लाको रेकी गर्न पठाए । उनले वरिपरि हेर्दा किल्ला खाली जस्तो देखेर फर्कन मात्र के लागेका थिए, किल्लाभित्रबाट गोलीको पर्रा छुट्यो । एकदुईजना त्यहीं ढले, अरू बाँचेर भागे । केही समयपछि कम्पनीका फौजहरू एकत्रित भएपछि जनरल उडले फौजलाई दुई समूहमा बाँडे । एउटा समूहलाई क्रोकरको नेतृत्वमा पठाए भने अर्को समूहलाई आपैmंले नेतृत्व गरी अगाडि बढे । नेपाल र अंग्रेजबीच घमासान युद्ध भयो । किल्लाको दाहिने तिरबाट हमला गर्नेहरूको टोलीबाट सरदार सूर्य थापाले वीरगति प्राप्त गरे । यसैबखत कर्णेल उजीर सिंह थापाले नुवाकोटमा रहेको बाँकी फौज लिई जितगढी भित्रैबाट युद्धको नेतृत्व गर्न थाले । लडाइँमा कम्पनी फौजका ब्रिगेड मेजर हेट र इन्जिनियरका लेफ्टिनेन्ट मोरिसन नराम्ररी घाइते भइसकेका थिए ।

गोरखालीहरूको नफ्रीभन्दा अंग्रेजको बढी भएकाले उनीहरू युद्ध त लडिरहेका थिए तर नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देखेर जनरल जोन सुलिभान उडको जोस हराइसकेको थियो । युद्ध अनिश्चित भएको देखेर उनले सहयोगी हार्डीम्यानसँग सल्लाह गरी युद्धभूमि छोड्ने आदेश दिए ।

नेपाली फौजको साहस र रणकौशललाई नजिकबाट स्पर्श गरेका जनरल उडलाई नेपाली फौजको गढीभित्र प्रतिकूल स्थिति भएको, नफ्री कम हुँदै गएकाले पहाडतिर लाग्ने तरखर गरेको आभास पटक्कै भएन । अझ कर्णेल उजीरसिंह थापा बाँकी फौज लिएर नुवाकोट गढी छोडी जितगढीमा झरेपछि नुवाकोट खाली भएको र त्यहाँ पुग्न सजिलै भएको पारिपट्टिको बाटो (हाल राजमार्ग) भई नुवाकोट रेकी गर्न पुगेका मेजर कोमिन फर्केपछि मात्र उडले थाहा पाए । यो तथ्यले जनरल उडलाई युद्धकलामा नेपालीभन्दा आफू पछि परेको महसुस भयो ।

बुटवलबाट कम्पनी सरकारको फौज फर्केपछि सूरजपुरा हँुदै जनरल उड जनवरी ३ मा लोटन पुगे । उनलाई जितगढीको विफलताले पोलिरहेको थियो । जितगढी हान्ने प्रयत्नमा उनी लागि नै रहे । एकैचोटि बुटवल नहानी पहिले स्युराज, तुल्सीपुर सर गरी पूर्वतिर लाग्ने योजना बनाएका जनरल उडले उजीरसिंह थापा नुवाकोटबाट पाल्पा फर्केको चाल पाई यही मौकामा बुटवल हान्ने सोच बनाए । पहिलेजस्तै तयारी गर्न समय लागेकाले मार्च ६ मा लोटन आइपुगे । यसपालि बर्खा लागिसकेको थियो ।

]त्यसैले तिनाउ उर्लिरहेको थियो । नदी तर्न नसकी कम्पनी फौजले तिनाउ नदीको पूर्वपट्टिबाट बढ्दै हालको खस्यौली बजारतिर आइपुगेपछि तोप प्रहार गर्न थाल्यो । वारिबाट पनि नेपाली फौजले प्रत्युत्तरमा एकदुई तोपका गोला छोडे । तर अंग्रेजले गर्दै गरेको गोलाबारीको नेपाली फौजतर्पmबाट केही जवाफी कारबाही भएन । अठार पाउन्डको गोला प्रहारले बुटवल दरबार ध्वस्त भएपछि अंग्रेज फौजले बुटवल बजार र जितगढी शून्य भएको अनुमान गर्‍यो ।

कुनै किसिमको खतरा नदेखी फौजलाई बुटवल पस्न जनरल उडले आदेश दिए । रेकी दलले तिनाउ नदी पार गर्न लागेको मात्र थियो, अभेद्य रूपमा रहेको जितगढीबाट गोलीको पर्रा छुट्यो । केही मरे अरू अंग्रेज फौज भागाभाग भए । आफ्ना जासुसबाट कहिल्यै सत्य कुरा थाहा नपाएका र मनोबल गिरेका जनरल जोन सुलिभान उडले यो लडाइँ गरिरहनु त्यति युक्तिसंगत देखेनन् । दोस्रोपटक पनि आफ्नै फौजलाई युद्ध मैदानबाट फिर्ता हुने आदेश दिए ।

त्यसबखतको विकसित हतियार, नफ्री ज्यादा भएको कम्पनी सरकारसँग थोरै विकसित हतियार अनि आफ्नै परम्परागत हतियार लिएर युद्ध गर्नु चानचुने थिएन । तर युद्ध त विचारले लडिन्छ, हतियारले लडिँदैन । नेपालीसँग जुन राष्ट्रियताको सोच थियो, त्यो विचार नै पर्याप्त थियो ।

विभिन्न कारणले नेपालीले पाँच ठाउँमध्ये चारवटा युद्ध मोर्चाबाट पछाडि फर्कनुपर्‍यो, नौ हजार चार सय वर्ग किलोमिटर भूभाग गुमाउनुपर्‍यो त्यो आफ्नै ठाउँमा छ । त्यो यथार्थलाई आत्मसात गर्नुपर्छ । तर बुटवल क्षेत्रमा नेपालले एक इन्च भूभाग पनि गुमाउनुपरेन ।

पाल्पा-बुटवल क्षेत्रको तैनाथी लिई आएका कर्णेल उजीरसिंह थापा दलमुख भई लडाइँ लडी साके संवत् १७३७ तदनुसार १८७२ सालमा विजय हासिल गरी विजय पताका फहराएका थिए । विजय पताका त्यसै फहरिएको थिएन । सरदार सूर्य थापा, लेप्टेन अमर अधिकारी, कुम्भदान वृष सुर थापा, जमादार भीमसेन देउजा, जमादार सुरवीर बोहोरा, हबल्दार रणसुर बानियाँ एवं जुठे बस्नेतसहित पाँच सयजनाले वीरगति प्राप्त गरेका थिए ।

हाल बुटवल उपमहानगरपालिकामा रहेको जितगढी किल्लाले अहिले पनि पुरानो इतिहास बोकेर बसेको छ । यसको संरक्षण र प्रचार हुन जरुरी छ । यी र यस्ता गढी केवल भौतिक संरचना मात्र होइन, राष्ट्रियताका प्रतीक पनि हुन् ।

अन्नपूर्णपोष्ट

प्राप्त प्रतिकृयाहरू

To Top