आईसीसी विश्वकप टि–ट्वान्टी सन् २०२० का लागि छनोट मिति सार्वजनिक : नेपाल समूह 'बी' मा

खेल बैशाख ७ २०७५ ekhabarnepal
292137634wt20

 

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२० मा अष्ट्रेलियामा हुने ट्वान्टी–ट्वान्टी विश्वकपका लागि छनोट मिति सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको मिति अनुसार एसिया क्षेत्र समूह बी को छनोट अक्टोबरमा हुने भएको छ ।

नेपाल रहेको समूह बी को एसिया क्षेत्रको विश्वकप छनोट अक्टोबर ३ देखि १२ तारिखसम्म मलेसियामा हुने भएको छ । नेपाल रहेको समूह बीमा आयोजक मलेसियासँगै चीन, भुटान, सिंगापुर, म्यानमार र थाईल्याण्ड रहेका छन् । त्यसै, एसिया क्षेत्र छनोटको समूह ए युएई, आयोजक कुबेत, कतार, बहराइन, माल्दिभ्स्, साउदी अरब र रहेका छन् ।

समूह ए र बी को शीर्ष तीनमा पर्ने टिम एसिया क्षेत्र छनोटको फाइनल चरणमा प्रवेश गर्ने छन् । फाइनलमा ६ टिमको प्रतिस्पर्धा हुनेछ । एसिया क्षेत्रको फाइनल छनोट प्रतियोगिताबाट विजेता र उपविजेता बन्ने टिम आईसीसी विश्वकप टि–ट्वान्टी छनोटमा प्रवेश गर्ने छन् । अफ्रिका क्षेत्रबाट पनि आईसीसी विश्वकप टि–ट्वान्टी छनोट २ टिमले प्रवेश पाउने छ भने इष्ट एसिया प्यासिफिकबाट १ टिमले प्रवेश पाउने छ । त्यस्तै, अमेरिका क्षेत्रबाट २ र युरोपियन क्षेत्रबाट १ टिमले विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश पाउने छन् ।

५ महादेशका ८ टिम र आईसीसीको बरियतामा शीर्ष १० मा नपरेका ६ राष्ट्र गरी कुल १४ राष्ट्रले विश्व टि–ट्वान्टी छनोट खेल खेल्ने छन् । विश्व टि–ट्वान्टी छनोटबाट ६ टिम छनोट हुदै सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top