नेपाल–चीन सीमा रेलवे प्राथमिकतामा छ - परराष्ट्रमन्त्री ज्ञवाली

राजनीति बैशाख ७ २०७५ ekhabarnepal
Pradeep gywali minister 1

काठमाडौं चैत ७,
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीच दिर्घकालिन दृष्टिकोणसहित हिमालय पार वहुआयामिक यातायात नेटवर्क संचालनमा सहमति भएको बताउनु भएको छ । सिचुवान विश्वविद्यालयद्वारा ‘नेपाल–चीन सम्वन्ध : विकासको सम्भावना’ शिर्षकमा शुक्रवार आयोजित प्रवचनमा उहाँले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँगको भेटवार्तामा रेललगायत सवै खाले हिमालयपार सञ्जालबाट जोडिने बताउनु भएको हो

नेपाल सरकारका लागि नेपाल–चीन सीमा रेलवे प्राथमिकतामा परेको भन्दै द्धिपक्षीय सीमामा अन्य पूर्वाधार दु्रुत गतिमा निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । ‘नेपाल र चीनले पारस्परिक लाभका आधारमा सीमामा आफ्ना आर्थिक गतिविधि प्रवद्र्धन गर्न सक्छन्’ उहाँले भन्नुभयो,‘चीनको ठूलो उत्पादन आधार, अत्याधुनिक प्रविधि र विशाल बजार र नेपालको धनी प्राकृतिक र भौगोलिक श्रोतले एक अर्काको आर्थिक बृद्धिलाई सहयोग गर्न सक्छन् ।’

नेपालमा भएको विशाल प्राकृतिक श्रोतको दोहनमा चीन आकर्षित हुन सक्ने भन्दै त्यसका दुवै देशले पारस्परिक लाभका मोडल बिकास गर्दै अघि बढ्नुपर्नेमा मन्त्री ज्ञवालीको जोड थियो । नेपाल सरकारले चिनियाँ लगानीकर्तालाई सुरक्षा प्रदान गर्न पूर्ण प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । पर्यटनको विकासमा पारस्परिक सहयोगमार्फत योगदान गर्न सकिने मन्त्री ज्ञवालीको भनाई थियो । 

चिनियाँ राष्ट्रपतिको सपना परियोजना बीआरआइको प्रशंसा गर्दै उहाँले विकासको संरचनागत र पूर्वाधार परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ भूपरिवेष्ठित देशका लागि महत्वपूर्ण छ । नेपालको विकास प्रयासमा यसले योगदान गर्ने विश्वास हामीले लिएका छौं’ उहाँले भन्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top