सिरियाको अफ्रिनबाट मात्रै एक लाख ३७ हजार विस्थापित

विश्व बैशाख ७ २०७५ ekhabarnepal
Syriya

 संयुक्त राष्ट्रसंघ बैशाख ७,
सिरियाको अफ्रिन जिल्लाबाट मात्रै अहिलेसम्म एक लाख ३७ हजार जना विस्थापित भएका छन् ।संयुक्त राष्ट्रसंघका प्रवक्ताले बुधबार दिएको जानकारीअनुसार गत जुन २० देखि सुरु भएको सैन्य कारबाही र द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन् ।

नियमित पत्रकार सम्मेलनमा राष्ट्रसंघको मानवीय सहायता सम्वन्धी समन्वय कार्यालयलाई उदृत गर्दै महासचिव एन्टोनिओ गुथ्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले यति धेरै विस्थापित भएको तथ्यांक बुधबार सार्वजनिक गर्नुभएको हो ।अफ्रिनबाट विस्थापित भएकालाई राष्ट्रसंघको तर्फबाट विभिन्न सहयोग सामग्री प्रदान गरिदै आएको पनि उहाँले बताउनुभयो ।

राष्ट्रसंघले त्यस जिल्लामा प्रत्यक्ष र नियमित सम्पर्क गर्न र सहयोग गर्न भने नपाएको प्रवक्ता स्टेफनको भनाइ छ ।“विस्थापितलाई मानवीय सहायताका लागि सहज र नियमित पहुचको चुनौती हामीले भोगीरहेका छौँ,” स्टेफनले पत्रकारसँग भन्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top