रुन्चे गायक प्रकाश पौडेलको 'खुचिङ' सार्वजनिक (भिडियाे सहित )

मनोरञ्जन बैशाख ६ २०७५ ekhabarnepal
Hj 735x400

बैशाख ६ , रुन्चे गायक प्रकाश पौडेलको (खुचिङ) बोलको नयाँ गीत सार्वजनिक भएको छ । म्युजिक भिडियो युटुवमार्फत बुधबार सार्वजनिक गरिएको छ । युएईमा कार्यरत पत्रकार मेघराज सापकोटाका शब्द र पौडेलले स्वर र संगीत भरेको भिडियो माउण्ट एभरेष्ट इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । 

म्युजिक भिडियोमा कुशल विष्ट र सिसम राना लगायतको अभिनय देख्न सकिन्छ । ‘राम राम’ पप भजनपछि झण्डै १ वर्षमा पौडेलको अकर्ने गीत बजारमा आएको हो । म्युजिक भिडियो निर्माणमा सेन्चुरी रेमिट, अल अहलिया एक्सचेन्च र कान्तिपुर ट्राभल्सले सहयोग गरेका छन् । 

पौडेल सेन्चुरी बैंक अन्तर्गत युएईमा मुख्य प्रतिनिधि भएर काम गरिरहनु भएको छ । सापकोटाले झण्डै २ वर्ष पहिले लेखेका शब्द गायक पौडेल आफंैले छनौट गर्नुभएको हो । पौडेलका ‘मलाई त्यही केटी चाहिन्छु,’ ‘डा .साब भिटामिन लेख्दिनुस् नु,’ तीतेपाती तीतेपाती झ्याप जस्ता गीत चर्चामा छन् ।

भिडियाे 

प्राप्त प्रतिकृयाहरू

To Top