अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको ९२ वर्षको उमेरमा निधन  

विश्व बैशाख ५ २०७५ ekhabarnepal
Barbara

 

 बैशाख ५,
संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको ९२ वर्षको उमेरमा निधन भएको छ।पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुशको कार्यालयलद्वारा जारी वक्तव्यमा परिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक अभियानकर्मीका रूपमा बारबरा बुशलाई वर्णन गरिएको छ।

आफ्नो जीवनकालमा श्रीमान् र छोरा दुबै अमेरिकी राष्ट्रपतिको पदमा चयन भएको देख्न पाउने उनी एक्ली महिला थिइन् ।उनी केही समययता बिरामी थिइन् र थप उपचार गराउन अस्वीकार गर्दै आएकी थिइन्। उनले आफ्नो जीवनका अन्तिम दिनहरू परिवारसँग आरामका साथ बिताउन चाहेको बताएकी थिइन्।
उनका श्रीमान् ९३ वर्षको उमेरसँगै सबैभन्दा धेरै बाँच्ने अमेरिकी राष्ट्रपति हुन् । उनी पूर्वराष्ट्रपति जर्ज बुशकी श्रीमती र जर्ज डब्ल्यू बुशकी आमा थिइन्। आफ्ना छोरा र श्रीमान्‌ले राष्ट्रपतिका रूपमा शपथ खाएको देख्ने उनी एकमात्र महिला थिइन्।बारबरा बुश एक साक्षरता अभियानकर्मी पनि थिइन्।

प्राप्त प्रतिकृयाहरू

To Top