नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता : यस्तो बन्यो ‘मोडालिटी’

अर्थ बैशाख ५ २०७५ ekhabarnepal
Urja agreement

नेपाल र भारतले ४०० केभी क्षमताको बुटवल–गोरखपुर १३० किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि आवश्यक वित्तीय स्रोतको ‘मोडालिटी’ टुंग्याएका छन् । दुई देशबीच सम्पन्न ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि गठित द्विपक्षीय सचिव र सहसचिवस्तरीय समितिको नयाँदिल्लीमा बसेको पाँचौं बैठकले यो टुंग्याएको हो ।

सहमति अनुसार, प्रसारण लाइनको लागत उठाउन सुरुका केही वर्ष भारतबाट बिजुली आयात गर्ने भएकाले त्यस अवधिको शुल्क नेपालले तिर्नेछ  भने त्यसपछि बाँकी अवधिका लागि भने भारतले नै शुल्क तिर्ने सहमति भएको छ ।   

तत्कालका लाग बिजुली आयत र पछि निर्यात गर्नका लागि नेपाल सरकारले बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणमा जोड दिंदै आएको छ । प्रसारण लाइन बनेको खण्डमा हिउँदमा भारतबाट बिजुली आयात गर्न र वर्षाका बेला नेपालबाट निर्यात गर्न सहज बन्नेछ । 

दुवै मुलुकको संयुक्त प्राविधिक समितिले तयार पारेको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) एक वर्षअघि नै स्वीकृत भइसकेको छ । परियोजनाको लागत ७ अर्ब १२ करोड रहने अनुमान छ । १३२ केभी क्षमताका कटैया–कुसवाहा र रक्सौल–परवानीपुर सिंगल सर्किट प्रसारण लाइनलाई डबल सर्किट बनाउने विषयमा पनि भारत सकारात्मक देखिएको छ । यी दुईवटा प्रसारण लाइनलाई डबल सर्किट बनाउन सकिएको खण्डमा थप १०० मेगावाट आयात गर्न सकिने विषय नेपाली पक्षले राखेको थियो । 

प्राप्त प्रतिकृयाहरू

To Top