वैशाख ७ गते बस्दैछ कांग्रेस केन्द्रीय समितिको बैठक 

राजनीति बैशाख ३ २०७५ ekhabarnepal
Images

 

काठमाडौँ  बैशाख ३ ,
 रासस । २०७४ चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ ।

बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो । 

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ललितपुरमा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top