कविता - आमा को हुन् ?

मनोरञ्जन बैशाख ३ २०७५ रिता काफ्ले ।  
Rita kafle

रिता काफ्ले ।  

आपार मायाको भण्डार हुन् आमा, 
मेरो सफलता र खुसीको छहारी हुन् आमा 
पहिलो पाठशाला र उर्जा को सोर्प्त हुन् आमा ।।।  


फेरिय यहाँ सबैको नजर आशा पनि हराउदै गयो 
शंघर्सा लाई झेल्न सिकाउने तेही काख प्यारो भयो ।। 

 

मेरो मनको कुरा भुझ्न सक्छिन मेरो नयनको इतिहास पढेर 
मलाई पत्थर झैँ अटल  बनाउन खोजछिन्  आफु मट्टी सरि गलेर ।। 

 

सारा पिडा हरु भुल्न सक्छु आमाको हासो देख्न पाएमा 
साकार गर्नेछु ति सपनाहरु आमा तिम्रो आशिर्बाद पाएमा ।। 

 

निस्वारथि माया सदैब गर्छिन सन्तान  सत्कर्ममा लागुन भनि 
हजारौ दुख ले थिचियाकी हुन्छिन हरपल मुस्कुराउछिन् तर पनि ।। 

 

आमा नै हुन् मेरो परेरणा त्यसैले आमाको मुस्कान मेरो सम्पति हो 
आमा नै हुन् यो संसार देखाउने  त्यसैले आमाको सम्मान मेरो शक्ति हो ।। 

प्राप्त प्रतिकृयाहरू

To Top