प्रदेश सभा बैठक बस्दै, आ.ब.को बाकि अवधिको बजेटमा छलफल  

राजनीति बैशाख २ २०७५ ekhabarnepal
Pr no 5

 


बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक आज बस्दै छ । 
आज दिउसो १ बजे प्रदेश सभा भवनमा बस्ने बैठकमा अस्ति पेश भएको चालु आर्थिक बर्षको बाकि अवधिको बजेटमा छलफल हुदैछ  ।

अस्ति अपरान्ह बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रिको समेत कार्यभार सम्हालेका मुख्यमन्त्रि शंकर पोखरेलले १ अर्व २ करोड ५ लाख रुपैया बराबरको बजेट पेश गर्नु भएको थियो ।  

बजेट अस्तिकै दोश्रो बैठकमा छलफलका लागि टेवल भइसकेको छ । बजेट छलफलमा भाग लिन पाउने प्रदेश सभा सदस्यहरुले आज भाग लिन पाउने छन ।

प्राप्त प्रतिकृयाहरू

To Top