कविता - "सुभकामना "

मनोरञ्जन चैत्र ३० २०७४          रिता काफ्ले
Rita kafle

 

 नव वर्ष २०७५ को शूभकामना 

 

नव वर्ष तथा वसन्त क्रतुको आगमनले मनमा शान्ति छाओस

सपनाहरु साकार बनुन तपाईको जिवनमा नयाँ आयाम आओस ।।

 

आत्मबल दृढ राखि समयलाई जित्न सक्ने इच्छाशक्ति बढोस

सदकर्म गर्दै जाने तिम्रा  कदमले सफलताको शिखर चढोस ।।

 

निश्चल रहोस सबको चाहा , सकरात्मक सोचाई आओस

दु खीलाई साथ मिलोस समृद्धि होस,देशमा शुशासन छाओस ।।

 

नेपालिमाथी आइलाग्ने लाई जाईलाग्ने साहास जागिरहोस

हामी सबै नेपालिलाई जन्मदेशको माया  सदा लागिरहोस ।।

 

अटल बनुन तिम्रा कृतिहरु  सधै भरि गगनमा चम्किरहुन

सङघर्षलाई आत्मसात गर्दै प्रत्येक पाईला लम्किरहुन ।।

 

हामी सबै  नेपालिले गर्न सकौँ चुनौतीको  सामना

हर्षित अनि खुसी बन्नु सधै भरि  छ  शूभकामना ।।

                                      रिता काफ्ले

प्राप्त प्रतिकृयाहरू

To Top