'फेसबुक बन्द हुदैन , हल्ला मात्र हो' 

समाज चैत्र ३० २०७४ ekhabarnepal
Fb


  काठमाडौं चैत्र ३०,  
सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ ।फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि माफी माग्दै हिँड्नु परेको छ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय भने फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ ।पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ र फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्लाको खण्डन गरेको छ ।गलत सूचना फैलाउनेलाई कारबही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनिएको मन्त्रालयले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top