डीपीएल–२ : धनगढीले टस जितेर ब्याटिङ गर्दै 

खेल चैत्र ३० २०७४ ekhabarnepal
Dpl final 300x221

 

 चैत्र ३०,
सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधिका लागि टिम चौराह धनगढीले टस जितेर ब्याटिङ रोजेको छ । धनगढीले टस जितेसँगै काठमाडौं गोल्डेन्सले बलिङको निम्तो पाएको छ । 
धनगढीको एसएसपी क्रिकेट मैदानमा हुने खेलमा दुबै टिम जित हात पार्दै डीपीएल–२ को उपाधि उचाल्ने दाउमा छन् । सोमपाल कामीको कप्तानीमा रहेको टिम चौराह धनगढी पहिलो क्वालिफायरबाट फाइनलमा पुगेको हो ।
यता, ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं दोस्रो क्यालिफायरमा महेन्द्रनगरलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । पहिलो क्वालिफायरमा काठमाडौं धनगढीसँग नै पराजित भएको थियो ।
दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख पाउने छ । 

प्राप्त प्रतिकृयाहरू

To Top