आजको प्रदेश सभा बैठकमा आर्थिक विकासको स्थितिपत्र पेश 

राजनीति चैत्र २९ २०७४ ekhabarnepal
684413454samsad bhawan in butwal 1832018064615 1000x0

 

बुटवल चैत्र २९,
प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेशको समग्र बिकास र समृद्धिका प्रदेश सरकारले बिकासको आवधिक योजना बनाउन लागेकाले योजना निर्माणमा सघाउन सबै प्रदेश बासीहरुमा अपिल गर्नु भएको छ ।आज बसेको प्रदेश सभा बैठकमा ५ नम्वर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश गर्दै उहाले योजना निर्माण र कार्यान्वयनमा एक भएर अघि बढी सबैमा आग्रह गनृुभएको हो ।


बैठकमा मुख्यमन्त्रि पोखरेलले प्रदेश नम्वर ५ समग्र प्रदेशहरुको अवस्था हेर्दा चौथो स्थानमा रहेपनि सम्भावना पहिचान गरी श्रोतहरुको सहि सदुपयोग गर्न सके उत्कृष्ठ प्रदेश बनाउन सकिने बताउनु भयो ।
१२ जिल्ला रहेको यस प्रदेशमा ४४ लाख ५८ हजार जनसंख्या रहेको छ । विभिन्न कोणबाट अध्ययन गर्दा यस प्रदेश धेरैजसोमा तेस्रो तथा चौथो अवस्थामा रहेको छ । प्रदेश ५ मा ११ हजार किलोमिटर सडक रहेको स्थितिपत्रमा उल्लेख छ । रुपन्देहीका ३५ प्रतिशत ग्रामीण सडक पक्की रहेको छ । नवलपरासीमा जम्मा ११ प्रतिशत ग्रामीण सडक पक्की रहेको पनि स्थितिपत्रमा उल्लेख छ ।

सडकसहित अन्य विकास निर्माणमा पश्चिमका जिल्लाहरू पछाडि परेको तथ्यांक रहेको छ । प्रदेशमा २५.८  प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन । ५ नम्वर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश भएसंगै प्रदेश सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ । आज पेश भएको स्थितिपत्र प्रदेश सभाबाट पास भने गर्नुपर्ने छैन ।

प्राप्त प्रतिकृयाहरू

To Top