वैशाख ९ गते पार्टी एकताको टुंगो लाग्छ - प्रचण्ड 

राजनीति चैत्र २९ २०७४ ekhabarnepal
Parchand

 

काठमाडौं चैत्र २९,
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ ।भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उहाँले शुक्रवार वाम एकता संयोजन समितिको बैठक बस्ने र त्यसले एकता घोषणालाई अन्तिम रुप दिने बताउनु भएको हो ।

‘शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीबीचमा बैठक हुन्छ । त्यही बैठकले पार्टी एकता टुंगो लगाउँछ । हामीले यसअघि भने अनुसार बैशाख ९ मा नै एकता घोषणा गर्छौं’ उहाँले भन्नुभयो ।उहाँले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताउनुभयो । विधानमा केही छलफल गरेपछि टुंगो पनि उहाँले बताउनु भयो । ‘पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ’ उहाँले भन्नुभयो ।

बाहिर सार्वजनिक प्रचार गरेजस्तो पार्टी एकतामा समस्या नरहेको उहाँले स्पष्ट पार्नुभयो ।  नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उहाँले बताउनुभयो । जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उहाँले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गर्नुभयो ।

छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट सरकारले ल्याउने भन्दै उहाँले त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताउनुभयो । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि बताउनुभयो । त्यसलाई महानगरबाट सिफारिस भइसकेको दाहालले बताउनुभयो । 

अध्यक्ष दाहालका आफ्नै सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आज नेकपा (माओवादी केन्द्र) १४ नं वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top