देशकै उत्कृष्ठ बन्यो बुटवल उद्योग वाणिज्य संघ  : प्रधानमन्त्रिद्धारा सम्मानित

समाज चैत्र २९ २०७४ ekhabarnepal
Ubasangh

बुटवल । बुटवल उद्योग वाणिज्य संघ उत्कृष्ठ उद्योग वाणिज्य संघका रुपमा सम्मानित भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५२ औ बार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवशका अवसरमा संघको आयआर्जन र भौतिक संरचना बिकासको क्षेत्रमा देशभरका उद्योग वाणिज्य संघहरु मध्येबाट बुटवल उत्कृष्ठ भएको हो ।
आज काठमाण्डौमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्रि केपी शर्मा ओलीले संघका अध्यक्ष खिम बहादुर हमाललाई सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो ।
बुटवल उत्कृष्ठ भईरहदा सिन्धुपाल्चोक दोश्रो र पर्वत तेश्रो भएका छन । 

प्राप्त प्रतिकृयाहरू

To Top