२ लाख रुपिँया घुसमध्य ५० हजार पेश्की बुझ्दैगर्दा नापी  कार्यालय प्रमुख श्यामबाबु रङ्गे हात पक्राउ

समाज चैत्र २९ २०७४ ekhabarnepal
Download


उदयपुर चैत्र २९,  
  गाईघाट नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो ।

सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र शंसोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न पछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दैगर्दा ८ बजेर १५ मिनेट जाँदा पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले बताए ।

सेवाग्राहीको ३ कठ्ठा जग्गाको नक्सा सुधार र शंसोधन गर्ने भन्दै साहले सुरुमा ५ लाख रुपिँया घुस मागेको बुझिएको छ । ठुलो रकम माग भएपछि सेवाग्राही नापी विभागमा पुगेका थिए ।विभागले सुधार गरिदिन परिपत्र गरेपछि पनि साहले काममा ढिलासुस्ति र अल्झाउने जस्ता कार्य गर्दै पैसा नलिई नगर्ने संकेत देखाएपछि लिने र दिनेविच २ लाख रुपिँयामा सहमति भएको सेवाग्राहीले बताएकाछन् ।

पक्राउ परेका साहले आफुले घुस नलिएको बताए । उनले भने, ‘म पुजा गर्दै थिए सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए ।’ तर सेवाग्राहीले भने टेलिफोन गरेर क्वाटरमा बोलाई पैसा हातले नै बुझेर राखेको दावि गरे । पैसा हातले बुझे नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्टगर्दा हातले नै बुझेको फेला पारेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top