आज वाम एकता संयोजन समितिको बैठक बस्दै :एकिकृत पार्टीमा सदस्यको अनुपातवारे छलफल

राजनीति चैत्र २८ २०७४ ekhabarnepal
Prachanda and oli unity w9ptn6awbp

 


 काठमाडौं चैत्र २८,
वाम एकता संयोजन समितिको बैठक आज अपरान्ह बस्दैछ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस (बैशाख ९) का दिन पार्टी एकता गर्ने प्रयास अनुसार गृहकार्य हुन लागेको हो  । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै पार्टी एकताको विषय टुङयाउने भनिएकोमा थप गृहकार्य आवश्यक भएपछि आज बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको भ्रमणपछि बैठक गर्ने भनिएको थियो ।

‘आज नै निचोड निस्कने होइन तर हामी यो बैठकबाट निचोडउन्मुख भने हुनेछौं’ वाम कार्यदलका सदस्य तथा एमाले नेता बिष्णु पौंडेलले भने,‘कार्यदलका प्रतिवेदनमाथि छलफल हुन्छ । यसले एकताको अर्को प्रारुप तयार गर्छ । तर एकताको टुंगो आजै हुन्छ भन्ने होइन ।’नेता पौडेलले प्रचारमा आएजस्तो एमाले र माओवादी केन्द्रबीच चुनाव चिन्हमा विवाद नरहेको बताए । ‘चुनाव चिन्हको विवाद छ भनेर किन आइरहेको छ मलाई थाहा छैन ।  चुनाव अघि नै दुबै दल एउटै चुनाव चिन्हमा लड्नेसम्म सहमति भइसकेको हो । अव पार्टी एकीकरण हुने अवस्थामा त्यसको छलफल आवश्यक छैन’ उनले भने ।   

दुई पार्टीबीच निर्वाचन चिन्ह, बिधानको प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने वा नराख्ने र  एकिकृत पार्टीमा रहने सदस्यको अनुपातवारे अझै सहमतिमा पुग्न वाँकी रहेको बताइएको छ । ‘पार्टी नै एक भएपछि जुन लोकप्रिय छ, त्यसैलाई लिएर अघि बढ्दा पार्टीलाई राम्रो हुनेमा नेताहरु पछि हट्नु हुन्न भन्नेमा हामी ढुक्क छौं’ उनले भने  । कार्यदलले प्रतिवेदन बुझाएपछि गत चैत २२ गते एकता समितिको बैठक बसेपनि प्रतिवेदनबारे खासै छलफल भएको थिएन । प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै त्यसवारे छलफल गर्ने नेताहरुले बताएका थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top