भित्रियो सिंहदरबारमा सोलार प्रणाली

अर्थ चैत्र २७ २०७४ ekhabarnepal
Saura urja

 

काठमाडौं चैत २७,
देशको मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा मंगलबारदेखि सोलार बिजुलीको प्रयोग गरिएको छ ।चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले उद्घाटन गर्नुभयो । सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सोलार प्रणाली चीनले नेपाल सरकारलाइ हस्तान्तरण गरेको थियो । सोलारबाट बिजुली निकाल्न अर्थमन्त्रालय बाहेकका सबै मन्त्रालय र कार्यालयका छतमा प्यानल राखिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको सबै भन्दा ठूलो सोलार सिंहदरबारमा राखिएको भन्दै यो सुरुवातमात्र भएको बताउनुभयो । उहाँले नेपालको जलश्रोतको उपयोगमार्फत जलविद्युत उत्पादन गर्ने कार्यका साथै सोलार बिजुलीलाई पनि प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रमा रहेको जनताको जिवनस्तरलाई माथि ल्याउन स्वास्थ , शिक्षा , रोगजारी र बिकासको कार्यलाई पनि सरकारले तिव्रता दिने भन्दै तीन बर्षभित्रै ठूलो परिवर्तनको महशुस जनताले गर्ने धारणा राख्नुभयो ।कार्यक्रममा चिनियाँ राजदूत यू होङले सिंहदरबारमा सोलार प्रणाली जडान गर्न सफल भएको भन्दै सहयोगका लागी सरकारलाई धन्यवाद दिनुभयो । उहाले चीनले उर्जा उत्पादनका क्षेत्रमा नेपाललाई सदैव सहयोग गर्ने बताउनुभयो ।

सिंहदरबारमा प्यानल राख्ने काम दुई वर्षअघि सुरू भएको थियो । सुरुवातमा ५ मेगावाट सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि प्राविधिक रुपमा सम्भव नभएपछि अहिले एक मेगावाट मात्र बिजुली उत्पादन गरिएको हो । सिंहदरबारभित्र अहिले झण्डै १ मेगावाट भन्दा बढी बिजुली खपत हुँदै आएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top