पत्रकारलाई विज्ञान लेखन सम्वन्धि जोड दिदै तीन दिने तालिम सुरु

समाज चैत्र २७ २०७४ ekhabarnepal
Lekhan talim

 

बुटवल चैत २७,
बुटवलमा संचारकर्मीका लागि विज्ञान लेखन सम्वन्धि तीन दिने तालिम आजदेखि सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० को आयोजनामा बुटवलमा भएको तालिममा रुपन्देही नवलपरासिका विद्युतिय तथा छापा माध्यमका गरि झण्डै दुई दर्जन संचारकर्मीहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनगर्दै प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले सबैले बुझ्ने र तत्थ्यपरक समाचार लेख्न संचारकर्मिलाई आग्रह गर्नुभयो ।

उहाले संचारकर्मिले आफ्नो मर्यादालाई कायम राखि भाषिक शुद्धतालाई ध्यान दिन सुझाव सुझाव समेत दिनुभयो । विज्ञपान र प्रविधिले धेरै प्रगति गरेको स्मरण गर्दै उहाँले प्राविधिक कुराहरुलाई बुझ्न र त्यसपछि लेख्न र छाप्न आग्रह गर्नु भयो । नाष्टका उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले सत्य र तथ्य समाचारहरु भन्दा सुनेका आधारमा पत्रकारले समाचार लेख्दा समाचारमाथीको विश्वशनियता हराउर्दै गएको टिप्पणि गर्नुभयो ।

कार्यक्रममा नाष्टका सह प्राज्ञ डाक्टर श्याममणि अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दीपक ज्ञवाली, नाष्टका प्रवद्र्धन तथा प्रचार महाशाखाका प्रमुख रमिला राउत लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । बरिष्ट पत्रकार केदार शर्माले सहजिकरण गर्नु भएको तालिम पर्सी सकिने छ ।

प्राप्त प्रतिकृयाहरू

To Top