ओमसतियाले गर्यो शिक्षा ऐन पारित

समाज चैत्र २६ २०७४ ekhabarnepal
30174092 1281637808647419 1358662041 o

 जनप्रतिनिधि , कर्मचारीको छोराछोरी सामुदायिक स्कुलमा पढ्नैपर्ने

भैरहवा चैत २६

     ओमसतिया गाउँपालिकाको शिक्षा ऐन २०७५ जारी भएको छ । गाउँपालिकाको गाउँ परिशदद्वारा सो ऐन पारित भएको हो ।

गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलको अध्यक्षतामा सम्पन्न सो परिशदमा शिक्षा ऐनको कार्यपत्र तथा ऐन नीति बारे गाउँपालिकाका शिक्षा प्रमुख हरि पोख्रेलले ५० बुदे मस्यौदा प्रस्तुत गरेका थिए ।

सो मस्यौदामा छलफल गर्दै पारित भएको शिक्षा ऐन यहि शैक्षिकसत्र देखि लागू हुने गाउपालिकाका अध्यक्ष हिरा केवट राहुलले बताए ।

बिद्यालयको दुरि ,बिद्यालय नजिक उद्दोग निर्माण , बिद्यालय स्थापना तथा बन्द नीति ,परिक्षा सन्चालन , समन्बय तथा गुणस्तर मापन ,पाठ्यक्रम , माध्यामिक शिक्षाका विभिन्न प्रकार, गाउँ शिक्षा समिती, शुल्क सम्बन्धी ब्यबस्था, शिक्षक तथा कर्मचारिको नियुक्ती र सरुवा, सेवा सुबिधा , प्रगती बिबरण , शैक्षिक परामर्श सेवा , ब्यबस्थापन प्रोत्साहन तथा दण्ड सजाय लगायतका नीति तथा कार्यक्रमहरु शिक्षा ऐनमा पारित भएको छ ।

सो शिक्षा ऐन पारित गाउँसभामा सबै वार्ड्का वार्ड अध्यक्ष , सदस्य, प्रतिनिधि एबम कर्मचारिको उपस्थिती रहेको थियो । शिक्षा बिभाग प्रमुखले शिक्षाबिदहरु सङ्गबाट छलफल भै आएको मस्यौदालाई गाउँ सभाले छलफल गरि सर्बसम्मत पारित गरेको हो । शिक्षा समितिको गठन प्रक्रियामा केहि सदस्य थप हुनुपर्ने भन्दै छलफलमा आएपछि सो बुदालाई अर्को बैठकमा समाबेश गरि संशोधन गर्ने गरि अन्य सबै ऐन सर्बसम्मत पारित भएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top