साताको नयाँ रेकर्ड : नेप्से १३ सय माथि 

अर्थ चैत्र २६ २०७४ ekhabarnepal
Nepse news6618

 

चैत्र २६, 
पुँजि बजारमा एक महिनादेखि उत्पन्न निराशालाई तोड्नै यो साता नयाँ रेकर्ड कायम भएको छ । शेयर बजारको अवस्था चित्रण गर्ने नेप्से एक हजार तीन सय पार गर्न सफल भएको छ । एक महिनादेखि लगातार घटिरहेको शेयर कारोबार यो साताको पहिलो दिन आइतवार ४४ अंकले बढेको छ ।
सोमबार पौने दुई घण्टाको कारोबारमा नेप्से १० अंकले बढेर एक हजार तीन सय ५ मा पुगेको छ । कारोबार सुरु भएदेखि तीव्र गतिमा बढेको नेप्से १५ मिनेटमा १२९४ बाट १३१५ पुगेको थियो । नेप्सेको तीव्र बृद्धिका कारण सर्किट ब्रेक लगाउनुपर्ने अवस्था आउने लगानीकर्ताहरुले सोचिएको भएपनि त्यसको २० मिनेटमा पुन १९ अंकले गिरावट आई १२९१ मा झरेर विस्तारै बढ्ने क्रममा रहेको छ । यो समाचार तयार पार्दासम्म १० दशमलव ८४ अंकले बढेको छ । अघिल्लो दिनको उछालसँगै शेयर लगानीकर्ताको मनोबल बढेको देखिएको छ । कारोबार समेत उच्च भएको छ । कारोबारको पौने दुई घण्टामा ३५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top