भारतसँगको विद्युतीय रेलमार्ग र कृषिसम्बन्धि भएको सम्झौता अव कार्यान्वयन हुन्छ -परराष्ट्र मन्त्री ज्ञवाली 

राजनीति चैत्र २६ २०७४ ekhabarnepal
Pradip gyawali 1


 काठमाडौं चैत्र २६,
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसँग भएका तीन महत्वपूर्ण समझदारीले नेपालको समृद्धितर्फको यात्रामा दुरगामी महत्व राख्ने बताउनुभएको छ ।

जलमार्गसहित समुद्रसम्मको पहुँच भूपरिवेष्टित राष्ट्रका लागि महत्त्वपूर्ण रहेको भन्दै उहाँले रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग चलाउने विषय र कृषिप्रधान मुलुक नेपालका लागि कृषिमा साझेदारीको सोच त्यत्तिकै उपयोगी हुने बताउनु भयो । 
नेपाल र भारतबीच कार्यान्वयन र प्रतिबद्धताका खाडल रहेकोमा भ्रमणमा पहिले भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइएको मन्त्री ज्ञवालीले बताउनु भयो । 

‘कार्यान्वयनमा देखिएको खाडल पुर्न सक्नुपर्छ । त्यसमा हामीले परिवर्तन गरेका छौं । भारतले साना–साना कुरामा प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने अवस्थाले झन असमझदारी बढाउने विषयलाई हामीले छलफलमा उठायौं’ उहाँले भन्नुभयो । 

नेपाल–भारतबीच रहेका दुई दर्जनभन्दा बढी संयन्त्रलाई क्रियाशिल बनाएर काम अघि बढाइने उहाँले बताउनुभयो । दुवै देशमा स्थायी र शक्तिशाली सरकार निर्माण भएका बेला अव कार्यान्वयन नहुने समस्या नहरने उहाँले बताउनु भयो । मन्त्री ज्ञवालीले नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्नेवारेमा गम्भीर छलफल भएको पनि बताउनुभयो । नेपालको जीडीपीको एक तिहाइ बराबर व्यापार घाटा रहेको र त्यसको पनि ८० प्रतिशत भारतसँग रहेको अवस्थामा नेपालले यस्तो अवस्थालाई अन्त्य गर्न चाहेको बिषय उठाइएको बताउनु भयो । 

नेपालको आन्तरिक मामिलामा कसैसँग नगर्ने नीति सरकारको रहेको भन्दै भारत भ्रमणका क्रममा त्यस्ता बिषयमा छलफल नभएको बताउनु भयो । ‘हामीले नेपालको आन्तरिक विषयमा भारतसँंग मात्र होइन, कसैसँंग पनि छलफल नगर्ने नीति लिएका छौ । प्रधानमन्त्री ओलीलाई खुलेर गरेको स्वागतले पनि भारतको रिजर्भेसन नरहेको प्रस्ट हुन्छ’ उहाँले भन्नुभयो । 

कुनै पनि मुलुकसँंग छलफल गर्दा एकअर्काको दुईपक्षीय विषयमा अन्य मुलुकको प्रसंग र सम्बन्ध नजोड्ने सरकारको नीति रहेको भन्दै भारत भ्रमणका क्रममा चीनको बिषय आउने सवाल नै रहेको बताउनु भयो । ‘नेपालको भारतसंँग र नेपालको चीनसंँगको सम्बन्ध विलकुल फरक हुन । त्यसलाई जोड्न, तुलना गर्न चाहँदैनौं । त्यसमा कतिपयले जोड–घटाउन गर्लान्, आफ्नो दृष्टिकोण राख्लान् । नेपालको स्वतन्त्र परराष्ट्र नीति छ । कुनै पनि देशसंँग अर्को देशको तुलना त के कुरासमेत गर्दैनौं’ उहाँले भन्नुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top