सिरियाली सैन्य विमानस्थलमा मिसाइल आक्रमण  

विश्व चैत्र २६ २०७४ ekhabarnepal
Ghouta 320x180


चैत्र २६,
बीबीसी,युद्धग्रस्त सिरियाको एक सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको छ । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै विस्फोटका ठूला आवाजहरु सुनिएको र त्यहाँ मिसिइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। स्थानीय संचार माध्यमहरुका अनुसार धेरै व्यक्ति हताहत भएकोअनुमान गरिएको छ ।

सिरियाको बिद्रोही नियन्त्रित क्षेत्र डौमामा भएको मिसाइल आक्रमणको विश्वमै निन्दा भइरहेका बेला केही समयअघि सक्रिय पारिएको सैन्य विमानस्थलमा पनि मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको हो । ‘टेफर विमानस्थलमा धेरै मिसाइल आक्रमण भएको छ’, सिरियाको सरकारी समाचार संस्थाले लेखेको छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । अमेरिकी उच्च अधिकारीहरुले रिपोर्टमा सत्यता नरहेको जनाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top