विद्यार्थी सहिद देवीलाल पौडेलको स्मृतिमा कार्यक्रम 

समाज चैत्र २६ २०७४ ekhabarnepal
30515922 1744567352269176 557642018088550400 n

 

बालकृष्ण पाण्डे
बुटवल, चैत्र २५ । बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी देविलाल पौडेलको सम्झनामा अनेरास्ववियु क्याम्पस कमिटीले १५औं स्मृतिसभा सम्पन्न गरेको छ । २०५९ साल चैत्र २५ गते तत्कालिन शाही सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि विरुद्धको आन्दोलनमा गोली हानी हत्या गरेको थियो ।  

बुटवल बहुमुखी क्याम्पसभित्र सहिद बाटिकामा निर्माण गरिएको देविलाल पौडेलको शालिकमा माल्यापर्ण गर्दै प्रमुख अतिथि समेत रहनुभएका बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले विद्यार्थी देविलाल पौडेलले आफ्नो लागि नभएर सामाजिक रुपान्तरणका लागि धेरै महत्वपूर्ण योगदान गर्नुभएको बताउनुभएको थियो । वहाँले देविलालको योगदानबाट नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको समेत बताउनुभएको थियो । 

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष भरत अर्यालको अध्यक्षतामा आइतवार बिहान आयोजना गरेको कार्यक्रममा अनेरास्ववियुका पुर्व सचिवालय सदस्य तथा जिल्ला युवा समितिका अध्यक्ष बसन्त ढकाल, क्याम्पस प्रमुख डा.शखिसरण सुवेदी, सहायक क्याम्पस प्रमुख भुवनप्रसाद खनाल, वडा नं. ३ का अध्यक्ष रमेशप्रसाद नेपाल, वडा नं.७ का अध्यक्ष कमलप्रताप थापा, नगरकार्यपालिका सदस्य सिता थापा, अनेरास्ववियु टि.यु.राष्ट्रिय कमिटी कोषाध्यक्ष हेमन्त घिमिरे, रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ खनाल, निवर्तमान अध्यक्ष बालकृष्ण पाण्डे, सहसचिव शेषकान्त पोखरेल, जयश्वर पाण्डे, जिल्ला सदस्य सन्दिप गुप्ता, नविन थापा सारु, शिला भट्टराई, रमेश घिमिरे, प्रकाश न्यौपाने, नेवि संघका इकाई सभापति बलराम पौडेल, अखिल क्रान्तिकारीका अध्यक्ष टेकराज रेग्मी, पुर्व क्याम्पस प्रमुख पुर्णबहादुर बोहोरा लगायतको उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन क्याम्पस कमिटी सचिव कुशलदिप क्षेत्रीले गरेका थिए ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top