सिरियाको गृहयुद्धमा रसायनिक हतियारको आक्रमण :७० जनाको मृत्यु

विश्व चैत्र २५ २०७४ ekhabarnepal
 100750690 woundedsyria

 

चैत्र २५ ,
सिरियाको पूर्वी गुटा नजिकैको आक्रमणमा रसायनिक हतियारको प्रयोग भएको छ ।
सिरियाको पूर्वीय क्षेत्र गुटामा पछिल्लो चरणमा चर्केको आन्तरिक गृहयुद्धमा रसायनिक हतियारको आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा ७० जनाको ज्यान गइसकेको छ । विद्रोहीको पक्कड क्षेत्र मानिने गुटा नजिकैको क्षेत्रमा भएको हिंसात्मक विद्रोहमा रसायनिक हतियारको आक्रमण भएकाले मृतकको संङ्ख्या बढ्ने बताइएको छ ।

अमेरिकाले रुसले सिरिया सरकारलाई सघाइरहेकाले रसायनिक आक्रमणको जिम्मा रुसले लिनुपर्ने जनाएको छ । आफ्नो वक्तव्यमा अमेरिकाले आफ्नै नागरिकमाथि गरिएको त्यस्तो आक्रमण निन्दनिय भएको उल्लेख गरेको छ ।
विभिन्न उद्धारकर्मी, चिकित्सकको टोली र अधिकारकर्मीले आक्रमणमा रसायनिक हतियारको प्रयोग भएको जनाएका छन् । आक्रमणमा ज्यान जानेको संङख्या बढ्दै जाने बताइएको छ । आक्रमणमा सयौं नागरिकलाई रसायनिक आक्रमणको असर परेको छ ।
त्यहाँ हेलिकप्टेरको माध्यमबाट ब्यारेल बम खसाइएको र ब्यारेलमा सरिन नामको रसायन हतियार रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा पनि सिरिया सरकारले गुटामा रकेटको माध्यमबाट सरिन रसायनले आक्रमण गरेको बीबीसीले जनाएको छ ।

त्यतिबेला पनि आक्रमणमा सयौँ नागरिकले ज्यान गुमाएका थिए । त्यो समय पनि संयुक्त राष्ट्रसंघले सरिन नामको रसायनले आक्रमण गरेको पुष्टि गरेको थियो । घटनामा रसायनिक हतियारको प्रयोग सरकार वा अरु कसैले गरेको थियो भन्नेबारे सयुक्त राष्ट्रसंघले केही खुलाएको थिएन् ।
सन् २०१७ को अप्रिलमा सरिन नामको रसायन आक्रमणबाट सिरियाको खान सेइखोन शहरमा ८० जनाले ज्यान गुमाएका थिए । त्यो आक्रमणमा सिरिया सरकारले नै रसायनिक हतियारको प्रयोग गरेको संयुक्त राष्ट्रसंघले बताएको थियो । सन् २०१८ को सुरुआतमा सिरियाको विद्रोही क्षेत्रमा क्लोराइन नामको रसायनिक हतियारको प्रयोग गरी सिरिया सरकारले आक्रमण गरेको अमेरिकाले दाबी गरेको थियो ।
सिरिया सरकारले ७ वर्षको गृह युद्धमा ३ पटक क्लोरिन नामको रसायनिक हतियारबाट आक्रमण गरेको संयुक्त राष्ट्रसंघको अनुसन्धानबाट खुलेको बीबीसीले जनाएको छ । सिरियाको पूर्वी गुटा क्षेत्रको  नजिकै रहेको डौमा विद्रोहीको पक्कड क्षेत्र मानिन्छ तर पछिल्लो सयम त्यहाँ सिरिया सरकारले आवश्यक खाद्यन्न तथा खानेपानीको निर्यातमा कडाइ गरिसकेको छ ।

त्यहाँका विद्रोहीलाई आत्मासमर्पण गर्न बाध्य हुने गरी आवश्यक खाद्यन्न तथा पानीमा कटौती गरेकाले त्यहाँ बस्ने नागरिकको अवस्था चिन्ताजनक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायतको मानवअधिकारवादी संस्थाले त्यस क्षेत्रमा सिरिया सरकारले गरेको ‘अपरेसन’मा गएको शुक्रबार ४० जना र शनिबार ३० जना नागरिकले ज्यान गुमाएको जनाएको छ ।
विद्रोहीको पक्कड क्षेत्र मानिएको सिरियाको पूर्वी गौघाटमा बसर अलअसद समर्थित सरकारी टोलीले आफ्नो कब्जा बढाउँदै लगेको छ । त्यहाँ भएको आक्रमणमा १ हजार ६ सय भन्दा धेरै नागरिकले ज्यान गुमाइसकेका छन्  भने हजारौं नागरिक घाइते भएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top