विद्यावारिधि सम्मानबाट विभुषित प्रधानमन्त्री ओली

राजनीति चैत्र २५ २०७४ ekhabarnepal
Pm dr oli news6012

 

काठमाडौं चैत्र २५,
तीन दिने राजकीय भ्रमणको सिलसिलामा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधिबाट विभुषित गरिएको छ । 
भारतको उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई विद्यावारिधि सम्मानबाट विभुषित गरिएको हो । 
विभुषित हुनुअघि विश्वविद्यालय परिसरमा रुद्राक्षको बिरुवा रोपेका प्रधानमन्त्रीको अब पूर्व निर्धारित कार्यक्रम सकिएको छ । त्यहाँबाट सिधैं नयाँदिल्ली फर्केर प्रधानमन्त्री ओली साँझ छ बजे स्वदेश प्रस्थान गर्ने जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top