धर्मगुरुमाथि मन्दिर परिसरमै गोली प्रहार 

समाज चैत्र २५ २०७४ ekhabarnepal
Attack5142


विराटनगर चैत २५ ,
विराटनगरमा सनातन हिन्दु धर्मगुरुमाथि मन्दिर परिसरमै गोली प्रहार भएको छ। धर्मगुरु श्रीनिवास आचार्यमाथि विराटनगरको रामजानकी मन्दिरमा आइतबार बिहान गोली प्रहार भएको हो।  गोली हान्नेहरु मोटरसाइकलमा भारततर्फ भागेका छन्। 

जिल्ला प्रहरी कायालय मोरङका एसपी अरणकुमार बिसीका अनुसार सप्ताहका लागि आचार्यको टोली विराटनगर आएको थियो। रामजानकी मन्दिर परिसरमा बसेका थिए।  बिहान करिब पौने २ बजे शौचालय जाने क्रममा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनको दाहिने छातीमा गोली लागेको छ। न्यूरो अस्पतालमा उपचार गराइरहेका आचार्य बोल्न सक्ने अवस्थामा रहेको एसपी बिसीले बताए। 

प्राप्त प्रतिकृयाहरू

To Top