जर्मनीमा सम्पन्न कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने  नेपालका खेलाडी 'पर्शुराम बास्तोला'

खेल चैत्र २५ २०७४ ekhabarnepal
1712593262parshu..

 

काठमाडौं । नेपालका कराते खेलाडी पर्शुराम बास्तोलाले जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । त्रिभुवन क्लबका बास्तोलाले एकल काताको मास्टर्सतर्फ स्वर्ण पदक जितेका हुन् ।

जर्मनीको हालेमा सम्पन्न प्रतियोगितामा बास्तोलाले सेमिफाइनलमा इरानी खेलाडी र फाइनलमा जर्मनीका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । बाई पाएर सेमिफाइनलमा पुगेका बास्तोलाले इरानका बाताभानी मोहम्मदलाई ४ – १ ले पराजित गर्दै फाइनलमा पुगेका थिए । फाइनलमा बास्तोलाले जर्मनीका साभासोभ बुलटलाई ३–२ ले हराउँदै स्वर्ण जितेका हुन् ।

यस्तै बास्तोलाले सहभागिता जनाएको अर्को स्पर्धामा एकल काता सिनियरतर्फ भने पदक जित्न सकेनन् । पहिलो बाउटमा युक्रेन तथा दोश्रो बाउटमा अल्जेरियाका खेलाडीलाई पराजित गरेका बास्तोला सेमिफाइनलमा इटालीका खेलाडीसँग पराजित भएका थिए । यस्तै रिपाचेमा पनि बास्तोला जर्मनीका खेलाडीसँग पराजित भए ।

प्रतियोगितामा सहभागी जनाएका अर्का नेपाली खेलाडी दिगम्बर पन्त भने पदक बिहिन भए । एपीएफ क्लबका पन्त कुमुते ८४ केजी माथिको तौल समुहमा सेमिफाइनलमा जर्मनी र रिपाचेमा पोल्याण्डका खेलाडीसँग पराजित हुँदै पदकबिहिन भए । त्यसअघि उनले पहिलो बाउटमा चेक गणतन्त्रका खेलाडी र दोस्रो बाउटमा इटालीका खेलाडीलाई पराजित गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top