बुटवलको सुपर मार्केट'भाट भटेनी'को आगो ४ घण्टापछी नियन्त्रणमा : करोडौको क्षति

समाज चैत्र २५ २०७४ ekhabarnepal
Aagoo butwal

 

बुटवल चैत्र २५,
बुटवलको भाट भटेनी सुपर मार्केटमा आज बिहानै लागेको आगो ४ घण्टापछी निभाइएको छ । बुटवल ८ सुख्खानगर स्थित सुपरमार्केटमा आज बिहान ४ बजेदेखि लागेको आगो ३ वटा दमकलको सहयोगमा नगरपालिकाका दमकल शाखाका कर्मचारी,नेपाली सेना र नेपाल प्रहरीले निभाएका छन ।
मार्केटको पाचौ तल्लामा आगो लागेकाले निभाउन निकै समस्या परेको थियो । बुटवल उपमहानगरपालिकाको दमकलबाट मात्रै नियन्त्रण गर्न समस्या परेपछी सिद्धार्थनगर र कपिलवस्तुको बाणगंगा नगरपालिकाको दमकल मगाइएको थियो ।
अहिले ८ बजे आगो निभाइएको छ ।
मार्केटको पाचौ तल्लामा इलेक्टोनिक्सका सामान राखिएकाले करोडौको क्षति भएको अनुमान गरीएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top