वौद्ध सम्मेलनमा २३ वटा मुलुकले सहभागीता जनाउने 

समाज चैत्र २४ २०७४ ekhabarnepal
Lumbini 4
  •     
    प्रधानमन्त्री ३ दिन लुम्विनी बस्ने     
  • राष्ट्रपति पनि २ दिन लुम्विनी वस्न इच्छुक 

लुम्विनी चैत्र २४ । आगामी वैशाख १५ र १६ गते लुम्विनीमा आयोजना हुने अन्तरराष्ट्रिय वौद्ध सम्मेलनमा संसारका २३ वटा मुलुकहरुले सहभागीता जनाउने भएका छन् । ति मध्ये १३ मूलुकका धार्मीक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागीता जनाउने कार्यक्रम रहेको कोषले जनाएको छ  । अन्य राष्ट्रका तर्फबाट बौद्ध संस्थाका प्रतिनिधिहरुले सहभागीता जनाउने जानकारी आएको छ । हालसम्म भारत, जापान,फ्रान्स, यूके,पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंका लगायतका राष्ट्रले सहभागीता जनाउने पक्का भएको छ । 
बैशाख १५ र १६ गते आयोजना हुने वौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्विनी विकास कोषले दुवै कार्यक्रमको प्रारम्भीक तयारी पुरा भएको जनाएकोे छ । कोषका निमित्त सदस्य सचिव सरोज भट्टराइका अनुसार सम्मेलनमा १५ वटा मुलुकका बौद्ध प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रम लुम्विनी स्थित चाइना विहारमा गरिने भएको छ । सम्मेलनमा ६ सय बौद्ध प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनको उद्घाटनका लागि बैशाख १५ गते प्रधानमन्त्री केपि शर्मा ओली लुम्विनी आउने भएका छन् । ओली १७ गतेको बुद्ध जयन्ती मूल समारोह सकेर मात्र काठमाण्डौं फर्किने छन् । 
१७ गते हुने मूल समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम छ । भण्डारी १६ गते नै लुम्विनी आउने कार्यक्रम तय भएको लुम्विनी विकास कोषले जनाएको छ । 
सभाहल निर्माण तीव्र 
२ वर्षअघि हावाहुरी र भारी वर्षाका कारण बुद्ध जयन्ती मूल समारोह विथोलिएपछि कार्यक्रमका प्रमुख अतिथि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रै लुम्विनीमा सभाहल निर्माणको निर्देशन दिएका थिए । कोषले तत्काल सभाहल निर्माणको प्रकृया शुरु गरेपनि परामर्सदाता छनोट,उसको सुझाव र टेण्डर प्रकृया थाल्दा प्रकृयामै २ वर्ष लाग्यो । सम्भवतःबुद्ध जयन्ती मूल समारोहमा सहभागीता जनाउनुपूर्व प्रधानमन्त्री ओलीले ढिलै भएपनि आफ्नो निर्देशनमा बन्न लागेको सभाहलको शीलान्यास गर्नेछन् । 
आफुले निर्देशन गरेको सभाहल निर्माणमा ढिलाई भएपछि प्रधानमन्त्री केपी ओलीले एक महिना अघि तत्काल अस्थायी सभाहल बनाउन निर्देशन दिएका दिए । स्थायी सभाहल बन्दा सम्मका लागि अस्थायी सभाहल उपयोगमा आउने गरि रु ४ करोडको लगानीमा नेपाली सेनाले एक महिनाभित्रै सक्नेगरी सभाहल धमाधम निर्माण गरिरहेको छ । सभाहलको ७० प्रतिसत काम पुरा भइसकेको कोषले जनाएको छ । सोही सभाहलमा आगामी बुद्ध जयन्ती मूल समारोह आयोजना हुनेछ । 


कोषको बैठक 
 आगामी बैशाख १५ र १६ गते हुने अन्तरराष्ट्रिय वौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहलाई भब्य बनाउने निर्णय लुम्विनी विकास कोषले गरेको छ । कोषको शुक्रवार लुम्विनीमा बसेको बैठकले दुवै कार्यक्रमको तयारीका लागि बनेका उपसमितिहरुलाई पूर्णता दिएको छ । बैठकले बुद्ध जयन्तीमा प्रदान गर्ने घोषणा गरिएको तर अबरुद्ध जस्तै रहेको अन्तरराष्ट्रिय शान्ति पुरस्कारलाई यो वर्ष पनि अघि बढाउने निर्णय गरेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराइले बताए । पर्यटनमन्त्री  रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले दुवै कार्यक्रमलाई ऐतिहासिक बनाउने गरी तयारी गर्न उपसमितिहरुलाई निर्देशन दिएको छ ।   
 

प्राप्त प्रतिकृयाहरू

To Top