दिल्लीमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यास स्थगित  

समाज चैत्र २४ २०७४ ekhabarnepal
Pm nepal and india 4

नयाँदिल्ली चैत २४, 

 प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकै बेला आज अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास दिल्लीबाटै गरिने भनिएकोमा उक्त शिलन्यास स्थगित भएको छ ।

नेपालले गृहकार्य नपुगेको भन्दै अहिले शिल्न्यास नगरौं भन्ने प्रस्ताव भारतीय पक्षसँग राखेपछि यसको शिलन्यास हाललाई रोकिएको भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले जानकारी दिए ।
‘अरुण तेस्रोको शिलन्यास आज हुँदैन,’ मन्त्री महासेठले भने, ‘नेपालका तर्फबाट गृहकार्य नपुगेको भनेपछि आज यसको स्विच अन नहुनेभएको हो ।’

त्यसैगरी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको स्वीच अन गर्ने कार्यक्रम पनि छलफलमै रहेको र आजै हुने दुईपक्षीय वार्ताबाट टुंगो लाग्ने मन्त्री महासेठले बताएका छन् ।

वीरगञ्ज चेकपोष्टको भने दुबै देशका प्रधानमन्त्रीले स्वीच्ड अन गरेर उदघाटन गर्ने उनले बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top