दुवै देशका जनताले समृद्धि र शान्ति चाहान्छन त्यसैले सम्झौता भन्दा मित्रता ठुलो कुरा

राजनीति चैत्र २४ २०७४ ekhabarnepal
1

नयाँदिल्ली चैत्र २४ ,
तीन दिने औपचारीक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र नेपाल विच विभिन्न सम्झौता भन्दा मित्रता नै ठुलो भएको बताएका छन् ।

गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ले भारतसँगको प्रगाढ मित्रता आफूहरुको प्राथमिकता भएको बताएका छन् ।
शनिबार बिहान गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
दुवै देशका जनताले समृद्धि र शान्ति चाहेको भन्दै ओलीले भबिस्य हेरेर अघि बढनुपर्ने धारणा समेत ब्यक्त गरे ।

बिहान भारत सरकारको विशिष्ट सम्मान गार्ड अफ अनर ग्रहण गरेका ओलीले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका छन् ।

त्यसअघि ओलीले महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top